पाण्डे राष्ट्रियसभामा निर्वाचित

समाधान संवाददाता २०७८ जेठ १७ गते १७:०७

समाधान संवाददाता, पोखरा
लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन् ।

सोमबार भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेले ४१४० मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी खड्काले ३५९४ मतभार पाए ।

Advertisement

राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

Advertisement

तपाईको प्रतिक्रिया