क्षमतावान नेता गुमायौं : तिमिल्सिना

समाधान संवाददाता
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राज्यको नेतृत्व गर्न सक्ने सम्भावना युक्त नेता देशले गुमाएकोे बताएका छन् । अध्यक्ष तिमिल्सिनाले रवीन्द्र अधिकारी राष्ट्रले भरोसा गर्न सक्ने क्षमतावान् व्यक्ति भएको टिप्पणी गरे ।
अधिकारीको स्मरण र सम्मानमा आयोजना भएको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उनलाई कुशल नेता र इमान्दार जनप्रतिनिधिको रुपमा सम्मान गरे । ‘मन्त्री रवीन्द्र छोटो समयमा राम्रो काम गर्ने नेता हुन्,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘हाम्रा आँखा अगाडि नदेखिए पनि सबैतिर छरिएका छन् ।’
स्मृतिमा रवीन्द्र विषयक कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले मन्त्री अधिकारीको पोखराको समग्र विकासमा योगदान रहेको बताए । अधिकारीको निर्वाचन क्षेत्र नम्बर २ कास्कीको आर्थिक वर्ष २०७५-०७६को स्थानीय तह पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सिर्जनाचोकमा आकासे पुल निर्माणको योजना परेको जानकारी उनले दिए । स्थानीय तह पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको ४ करोडमध्ये आकासेपुलको लागि ५० लाख बजेट परेको छ ।
नेकपा केन्द्रीय सदस्य सीता गिरी ओलीले मन्त्री रवीन्द्रले राष्ट्रलाई दूरगामी फाइदा हुने काम गरेको बताइन् । संसदको विकास समितिको सभापति रहँदा रवीन्द्रले अन्तर मन्त्रालय समन्वयमा ध्यान दिएको उल्लेख गर्दै उनले राष्ट्रिय गौरवका योजनालाई सम्पन्न गर्न ध्यान दिएको जानकारी दिइन् ।
नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापाले विशिष्ठ क्षमता भएका मन्त्री अधिकारीले अतुलनीय पुँजी छोडेको बताए । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले अधिकारी कुशल व्यवस्थापक भएको उल्लेख गरे । उनले २०५४ सालमा रवीन्द्र अधिकारी निर्वाचन परिचालन समितिको संयोजक भएर काम गर्दा नेकपा एमालेले पोखरा उपमहानगरपालिकामा विजयी हासिल गरेको स्मरण गरे । प्रदेश सभा सदस्य राजीव पहारीले रवीन्द्रले युवालाई उत्साहित र प्रोत्साहित गरेको बताए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया