रक्सी सेवन गरी विद्यालय आउने हेडसर पक्राउ

सांकेतिक तस्विर
समाधान
तेज आधारभूत विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । वालिङ नगरपालिका ८ काफलडाडाँको उक्त विद्यालयमा दिनहुँ रक्सी सेवन गरी आउने गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
विद्यालयमा अध्यापनका लागि गएका ५० वर्षीय मल्लको अवस्था देखेपछि अभिभावकले प्रहरीलाई खबर गरेका थिए ।
विद्यालयमा रक्सी सेवन गरेरमात्रै आउने मल्लले आजित बनाएपछि बाध्य भएर प्रहरीलाई खबर गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद पंगेनीले बताए ।
अभिभावकको सूचना आएपछि तत्काल गएको प्रहरी टोलीले मादक पदार्थ सेवन गरेकै अवस्थामा पक्राउ गरेको बताउँदै प्रहरी निरीक्षक शंकर आचार्यले कानुन अनुसार कारबाही गरिने स्पष्ट पारे ।
२०४१ सालबाट तेज आधारभूत विद्यालयमा अध्यापन गर्न थालेका मल्लले सधैं रक्सी सेवन गर्न थालेपछि ५ वर्ष पहिलाबाट जागिर छोड्न स्थानीयले दबाव दिएका थिए । गत माघ ४ गते अब उप्रान्त रक्सी सेवन गरी विद्यालय नआउने र सेवन गरे कारबाहीका लागि तयार रहको भन्दै कबुल गरेको अध्यक्ष पंगेनीले जानकारी दिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया