जननी अवाडबाट उत्कृष्ट ३ महिला समूह सम्मानित

समाधान संवाददाता २०७५ फागुन २५ गते १४:५९

समाधान

रेडियो जननीले १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा जननी अवार्डबाट ३ वटा महिला समूहलाई सम्मान गरेको छ । श्रमिक महिला दिवस तथा रेडियोको ५ औं वार्षिकोत्सवमा समाजमा उत्कृष्ट योगदान पु¥याएका नारी उत्थान दिदीबहिनी समूह पोखरा १७, मिलनशील महिला समूह पोखरा ३० ढुंगेपाटन र शिवालय महिला विकास बचत तथा ऋण सहकारी संस्थालाई अवार्ड प्रदान गरिएको रेडियो अनुगमन संयोजक सीता पाण्डेले जानकारी दिइन् ।

महिलाद्वारा संचालित महिलामात्रै कार्यरत रेडियो जननीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस एवं छैठांै स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रका ११ महिलालाईसमेत सम्मान गरेको छ ।

Advertisement

विभिन्न विधा विभाजन गरी प्रदान गरिएको सम्मानमा शिक्षामा प्राध्यापक भगवती केसी, व्यवसायमा सौन्दर्य व्यवसायी चिनु गुरुङ, महिला बालबालिकातर्फका सम्झना देवकोटा, धार्मिकमा ब्रह्मकुमारी पुनम गुरुङ, स्वस्थ्यमा जीता बराल, सामाजिक सेवामा ईश्वरी गुरुङ, पर्यटनमा सौमाया गुरुङ भट्टराई, अपांगता भएका व्यक्ति अन्जना केसी, साहित्यमा रमा परासर सुद, सहकारीकी पवित्रा केसी, खेलकुदकी पुनम गुरुङ रहेको जननी सम्मान २०७५ का संयोजक लक्की कार्कीले जानकारी दिइन् ।

रेडियोले पद्मावती अवार्ड २०७५ लेखनाथ हस्तकला उद्योगका किरण गौतमलाई प्रदान गरिएको जनाएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले सम्मान गर्दैै महिला विकासमा शिक्षाको महत्व बताइ्न ।

Advertisement

कार्यक्रममा महिलालाई कानुनी सचेतना प्रदान गर्ने उद्देश्यले अधिवक्ता ईन्दु तुलाधरले प्रशिक्षण दिएकी छिन् । अवार्ड वितरण समारोहमा रेडियोका अध्यक्ष मिलन थापा, संस्थापक अध्यक्ष हिरा भट्टराई, रेडियोका कार्यकारी निर्देशक सविता शेरचन, रेडियोका सचिव हसिना बस्नेत, रेडियोको स्टेसन म्यानेजर विमला भण्डारी लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया