पोखरा २८ मा कानुनी सचेतना
समाधान संवाददाता
२०७५ फागुन २८ गते ९:५९

समाधान
पोखरा २८ को आयोजनामा वडा स्तरीय कानुनी सचेतना तथा क्षमता अभिमुखीकरण कार्यक्रम सोमबार भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले गरिन् । कार्यक्रम उद्घाटनपछि संघीय लोकतान्त्रिक गणतन्त्र सफल बनाउनु सबैको दायित्व भएको भन्दै संविधान कार्यान्वयनका लागि सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बनाउन जुट्नुपर्ने धारणा राखिन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधि पदम पौडेलले कानुनी सचेतना तथा क्षमता अभिमुखीकरणले महिलालाई कानुनसम्बन्धी चासो र जान्ने बनाउने बताउँदै यस्ता कार्यक्रम टोलटोलमा पुर्याउनुपर्ने बताए ।
पोखरा २८ का अध्यक्ष निर्मल दियालीको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता अर्जुन पौडेलले कानुनी सचेतना तथा क्षमता अभिमुखीकरणसम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रम मंगलबार सकिनेछ ।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया