खत्रीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने

समाधान संवाददाता २०७८ असोज २५ गते ११:०५

पोखरा ।

व्यवसायी केशवबहादुर खत्रीले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा कास्की जिल्लाको क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवारी दिने भएका छन् ।

Advertisement


पोखरा महानगरपालिका २५ बाट क्षेत्री प्रतिनिधि छनोट भएका खत्रीले नेपाली कांग्रेसलाई नयाँ दिशा दिनसक्ने आफूमा भिजन भएको र कास्की कांग्रेसलाई नमूना कांग्रेस बनाउने नयाँ सोच भएकोले आफू यसपटक केन्द्रीय महाधिवेशन प्रतिनिधिमा नै उम्मेदवारी दिने सोच बनाइसकेको बताए ।

नमूना कांग्रेस स्थापनाको लागि स्पष्ट सोच भएको युवा नेतृत्वलाई चुन्नका लागि सम्पूर्ण परिवर्तनशील कांग्रेस कार्यकर्ताहरु समक्ष आफूलाई महाधिवेशन प्रतिनिधिमा भोट दिई विजय बनाउन खत्रीले आग्रह गरेका छन् ।

Advertisement

३ दशकभन्दा बढी काग्रेसमा क्रियाशील जीवन बिताएका खत्री हाल पोखरा उद्योग वाणिज्य संघको उप महासचिव बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको अध्यक्ष फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीको पूर्व अध्यक्ष तथा सल्लाहकार हुन् ।

तपाईको प्रतिक्रिया