मेनकाजीको स्मृतिमा अक्षयकोष

पोखरा ।
हिमाली सांस्कृतिक परिवारले संस्थाका पूर्व अध्यक्ष दिवंगत मेनकाजी गुरुङको स्मृतिमा अध्यक्षकोष स्थापना गरेको छ ।
सांस्कृतिक परिवारले २ लाख सुरुवात गरेको अक्षयकोषमा अहिले ८ लाख पुगेको कार्यवाहक अध्यक्ष ज्ञानबहादुर थापाले जानकारी दिए । पूर्व अध्यक्ष गुरुङको परिवारबाट २ लाख ५१ हजार प्रदान गरिएको छ ।
परिवारका मानार्थ सदस्यहरु क्रमशः खेमबहादुर गुरुङले ५० हजार,टीकाबहादुर कार्कीले ५० हजार, मानार्थ सदस्य तथा सामाजिक अभियन्ता महेश गुरुङले ५० हजार, मानार्थ सदस्य रुद्रकुमारी (मैना) गुरुङले ५० हजार, सोम गुरुङ(अमेरिका)ले १ लाख, सल्लाहकार शान्ति गुरुङले २५ हजार, मानार्थ सदस्य जसबहादुर गुरुङले ५ हजार ५ सय ५५, आजीवन सदस्यहरु हिरादेवी गुरुङ १० हजार, सुष्मा गुरुङ १० हजार, लक्ष्मी गुरुङ १० हजार, मनु गुरुङले १० हजार अक्षयकोषका लागि रकम प्रदान गरेको कार्यवाहक अध्यक्ष थापाले बताए ।
परिवारको २४ औं वार्षिक साधारण सभा तथा दसैं, तिहार, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा अक्षयकोष समितिका संयोजक रुद्रकुमारी (मैना)गुरुङले लोकनृत्यको विधामा गुरुङ अब्बल भएको बताइन् । ‘लोक संस्कृति, शिक्षा र सामाजिक क्षेत्रका गुरुङको योगदानलाई जीवन्त बनाउन अक्षयकोष थालिएको हो,’उनले भनिन्, ‘अक्षकोष स्थापना गरी उदाहरणीय कार्य गर्ने भएकाले सबै महानुभावसँग सहयोगको अपेक्षा गरेका छौं ।’
उनले महेश गुरुङ(युके), ज्ञानबहादुर थापा(हिमाली सांस्कतिक परिवार), सोम गुरुङ(अमेरिका), मीनप्रसाद गुरुङ(युके), राधिका(टीका) गुरुङ(हङकङ), श्रीजंग गुरुङ(परिवाजन) सदस्य रहेको अक्षयकोष समिति गठन गरेको जानकारी दिइन् ।
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक दिवेश लोहनी,परिवारका कार्यवाहक अध्यक्ष ज्ञानबहादुर थापा, संरक्षक नरबहादुर शेरचन,मानार्थ सदस्य महेश गुरुङ, सल्लाहकार सदस्य एवं तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, सल्लाहकार शान्ति गुरुङ, सचिव श्रीजंग गुरुङ र कोषाध्यक्ष महादेव न्यौपानेले बोलेका थिए ।
तपाईको प्रतिक्रिया