कारागारका कैदीबन्दीलाई सीपमूलक तालिम

समाधान संवाददाता, दमौली
जिल्ला कारागार मनाङमा रहेका कैदीबन्दीलाई सीप प्रदान गर्ने उद्देश्यले हस्तकला तालिम सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय, चामे गाउँपालिका र कारागारको संयुक्त आयोजनामा सुरु तालिमको जिल्ला समन्वय समितिका प्रमुख यज्ञप्रसाद घलेले उद्घाटन गरेका छन् ।
घलले कारागारमा सजाय काट्ने समयको सदुपयोग गर्दै सीप सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह गरे । कारागारमा सिकेको सीपले बाहिर निस्केपछि आयआर्जनको काममा सहयोग पुग्ने उनको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले फुर्सदको समयमा सीप सिक्दा आयआर्जनमा टेवा पुग्ने बताए । घरेलु कार्यालयका प्रमुख प्रदीप न्यौपानेले कारागार सजायको थलो मात्रै नभई सुधारको थलो पनि भएकोले यसखाले तालिमले कैदीबन्दीको आचरण सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
४५ दिनसम्म चल्ने तालिममा बाँस तथा नियालो सम्बन्धि हस्तकलाको सीप प्रदान गरिनेछ । १५ जना सहभागी तालिममा बाँसबाट निर्माण हुने मुढा, ¥याक, सजावटका सामान र नियालोबाट निर्माण हुने कुर्सी, टेबल लगायतका सामान बनाउने सीप सिकाइने न्यौपानेले जानकारी दिए ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया