एमाले पोखराको अधिवेशन ९ गते, को को छन् आकांक्षी ?

समाधान संवाददाता २०७८ कार्तिक ८ गते १४:२६


पोखरा
नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगर संगठन कमिटीको प्रथम अधिवेशन निर्धारित मिति कात्तिक ९ मै हुने भएको छ । एमालेले सबै पालिका अधिवेशन देशव्यापी रुपमा एकै पटक कात्तिक ९ गर्न लागेको हो ।


संगठन कमिटीको आइतबार बसेको बैठकले महानगरका ३३ वडालाई निर्वाचन क्षेत्र मानेर सोमबार प्रतिनिधि छनोट गर्न सर्कुलर जारी गरेको अध्यक्ष दीपक पौडेलले जानकारी दिए । खुलातर्फ ४० पार्टी सदस्य बराबर १, महिलातर्फ २५ पार्टी सदस्य बराबर १ र दलिततर्फ २० पार्टी सदस्य बराबर १ प्रतिनिधि छनोट गर्न अनुपात तोकेको बताए ।

‘अधिवेशनका लागि पोखरा महानगर कमिटी सदस्य स्वतः प्रतिनिधि हुने छन्,’ अध्यक्ष पौडेलले भने, ‘वडा कमिटीले प्रतिनिधि छनोट गर्दा श्रमिक, आदिवासी, जनजाति, अपांगता र अल्पसंख्यकलाई प्राथमिकता दिनुपर्ने छ ।’ उनले सबै वडा कमिटीले सोमबार भेला गरी प्रतिनिधि छनोट गर्ने उल्लेख गरे ।

Advertisement


बैठकमा पार्टीका केन्द्रीय सदस्यहरु खगराज अधिकारी, जगत विश्वकर्मा र सीता गिरी, पोखरा महानगर इन्चार्ज भीम कार्की जिल्ला कमिटी कास्की अध्यक्ष कृष्ण थापा, सचिव दामोदर बौरागीको सहभागिता थियो । ३ दिनअघि शुक्रबार सपथ ग्रहण गरेको कमिटीले बुधबार नै पहिलो अधिवेशन गर्न लागेको छ ।

एमाले पोखरा नगर कमिटीको अध्यक्षमा युवा नेताहरु आकांक्षी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया