पाठ्यक्रमका त्रुटि कसले सच्याउने ?

समाधान
मानवअधिकार निगरानी समूह फेदीखोला गाउँपालिकाको आयोजनामा स्याङ्जास्थित गाउँपालिकामा शिक्षक अभिभावक र विद्यार्थीबीच अन्तत्र्रिmया भएको छ ।
स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउन र विद्यालयमा शैक्षिक गुणस्तर बढाउन कार्यक्रम ल्याइएको फेदीखोला गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भगवान ढकालले बताए ।
उनले अन्तत्र्रिmयाबाट आएका सुझावलाई आगामी वर्षको नीति तथा योजना समेट्ने प्रतिबद्धता व्यक्त गरे । सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्रबहादुर कार्कीले स्थानीय तह आए पनि सोचेअनुरुपको काम हुन नसकेको गुनासो गरे । ‘स्थानीय तह सरकारको रुपमा त आयो तर सोचेअनुरुप भएन, विद्यालय अनुगमन हुन छोड्यो कसले गर्ने हो थाहा छैन,’ उनले भने ।
दामगाडे माविका प्रधानाध्यापक दिवाकर सुवेदी प्राविधिक शिक्षामा जोड दिए । मानव अधिकार निगरानी समूह सदस्य रामजीप्रसाद पौडेलले विद्यार्थीले अध्ययन गरिरहेको पाठ्यक्रमलाई सुधार गर्नुपर्ने धारणा राखे । उनले भने, ‘थुप्रै विषयका पाठ्क्रममा त्रुटि रहेको छ । त्यसलाई कसरी सच्याउने भन्नेतर्फ सबैको ध्यान जानुपर्दछ ।’
सिद्धार्थ माविका प्रधानाध्यापक मनोजकुमार शर्माले विद्यालयमा आवश्यक दरबन्दी शिक्षक नहुँदा समस्या परेको बताए ।
मानवअधिकार निगरानी समूहका अध्यक्ष लेखनाथ पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक गण्डकी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत सवनम शर्माले कार्यक्रमको उद्देश्यबारे प्रष्ट्याइन् ।







तारकाङमा डेंगी अभिमुखीकरण
पोखरा १५ मा नागरिक सुनुवाइ
पर्वतकी रानी जोगाउने प्रयास
भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया