वातावरण

कालिगण्डकीसहित मुस्ताङका शाखा नदीको जोखिम उच्च

सुन्दरकुमार थकाली २०७८ मंसिर २८ गते १९:१०
जाईकाद्धारा मुस्ताङमा जलवायु परिवर्तनको असर तथा बन तथा जलाधार क्षेत्रमा परेको प्रभाव न्यूनिकरण सम्वन्धि अन्तरक्रिया । तस्विर ःसुन्दरकुमार थकाली ।


जोमसोम

Advertisement

जलवायु परिवर्तनसंगै हिमाली जिल्ला मुस्ताङमा कालिगण्डकी नदीसहित यहाका दर्जनौ शाखा नदीको जोखिम उच्च रहेको जनाईएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि भई हिमताल फुट्ने र भारी मात्रामा वर्षा हुने लगायतको अवस्थाले मुस्ताङका शाखा नदीबाट कालिगण्डकी तटीय क्षेत्रका बस्ती उच्च जोखिममा रहेको मुस्ताङका सरोकारवालाहरुले बताएका छन् ।

नेपाल—जापान अन्तराष्ट्रिय सहयोग नियोग ( जाईका ) मार्फत मुस्ताङ आईपुगेको रुपान्तरण संस्था काठमान्डौंले गरेको प्रारम्भिक अध्ययनका क्रममा मुस्ताङका बहुसरोकारवालाहरुले पछिल्लो समय जलाधार क्षेत्रको प्रभावबाट मुस्ताङका तटीयक्षेत्र जोखिममा परेको उल्लेख गरेका छन् । जलवायु परिवर्तनको असरले बन तथा जलाधार क्षेत्रमा पारेको जोखिम अध्ययन तथा वन तथा जलाधारको दिगो व्यवस्थापनका लागि आवश्यक न्यूनिकरण तथा अनुकुलनका उपाय पहिचान गर्ने उद्देश्यले जापानीज संस्था जाईका मार्फत रुपान्तरण कल्सन्टेन्सीका सदस्य द्धय निरज अधिकारी र ज्ञानेन्द्रप्रसाद जोशीको टोली मुस्ताङ आएको हो ।

उनीहरुले जलवायु परिवर्तनका कारण बन तथा जलाधार क्षेत्रमा पू¥याएको फिल्ड स्तरीय अध्ययन तथा तथ्याङ्क संकलन गरेका छन् । मुस्ताङ आएको रुपान्तरण टोलीले वारागुङ मुक्तिक्षेत्रको समर÷चैले ,घरपझोङको स्याङ, ठिनी र थासाङ गाउँपालिकाको लार्जुङ,कोवाङ र सौरुमा बन तथा जलाधार क्षेत्रमा पू¥याएको असर संम्वन्धि अन्तरक्रिया र घरधुरी सर्वेक्षण गरेको रुपान्तर कल्सन्टेन्सीका सदस्य निरज अधिकारीले जानकारी दिए ।

डिभिजन बन कार्यालय जोमसोममा मंगलबार आयोजित बन तथा जलाधार सम्वन्धि अन्तरक्रियामा मुस्ताङका सरोकारवालाहरुले जलवायु परिवर्तनसंगै बन,कृषि,पर्यटन ,जैविक विविधता र स्थानीयको दैनिकीमा नकारात्मक प्रभाव पर्दै गईरहेको बताए ।हरितगृह ग्याँस उत्र्सजनका कारण नेपालमा जलवायु परिवर्तनको प्रभाव बढ्दै गईरहेको र यसको न्यूनिकरण तथा उपयुक्त अनुकुलन आवश्यक रहेको बताए ।

Advertisement

अन्तरक्रियाँमा मुस्ताङकी जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले जलवायु परिबर्तनले पू¥याउने क्षति न्यूनिकरण गर्न दिगो अनुकुलनका योजना अपनाउनु पर्नेमा जोड दिईन् । उनले जलवायु परिवर्तनको असर पछिल्लो समय मुस्ताङले भोग्न सुरु गरेको र यसको अध्ययन स्थानीय स्तरमै पुगेर सतही रुपमा गरिनु पर्ने सुझाईन् । ‘विकशित राष्ट्रले उत्र्सजन गरेको कार्बनको शिकार हामी बनिरहेका छौं ,तर ,यसको न्यूनिकरण तथा अनुकुलनका लागि आउने कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन् ।जिसस प्रमुख गुरुङले भनीन् ।’ उनले पछिल्लो समय भुक्षय ,बाढी ,पहिरो र नदी कटानको असर बढ्दै गईरहेको जनाईन् ।

घरपझोङ गापाका अध्यक्ष आशबहादुर थकालीले मौसम परिवर्तनका कारण मुस्ताङा जलाधार क्षेत्रहरु अनियन्त्रित बन्दै जान थालेकोमा चिन्ता ब्यक्त गरे । उनले पछिल्लो समय वारागुङको लुप्रा खोला,कागबेनी खोला,घरपझोङको ठिनी खोला र थासाङको तमो खोला र थापाखोला लगायतको बाढीले धार्मिक सरचना,खेतीयोग्य जमिन र बस्ती क्षेत्रमा क्षति पू¥याएको उल्लेख गरे । यस्तै ,डिभिजन बन कार्यालयका प्रमुख रुक्मागत सुवेदीले जलवायु परिवर्तनका कारण जलधार क्षेत्रको प्रभाव मुस्ताङमा उच्च रहेको बताए । उनले मुस्ताङमा असमान हिमपात हुने,हिमताल फुट्ने, हिम पहिरो जाने आदी कारणले वातावरणीय क्षेत्रमा दुरगामी असर परेको बताए । उनले जलवायु परिवर्तनको सामना गर्न नसकिएपनि यसको दिगो अनुकुलनका उपाय अपनाउन बैज्ञानिक ढंगले कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

थासाङ गाउपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले २०२८ साल,२०५२ साल,२०५९ साल र २०७८ साल कार्तिकमा धौलागिरि क्षेत्रमा गएको हिमपहिरोले मानवीय क्षतीका साथै थुप्रै याकचौरी मरेको जानकारी दिईन् ।२०७० सालमा वारागुङको तिरीमा बाढीले ठुलो धनजनको क्षति पू¥याएको थियो ।यस्तै ,सोही पालिकाको लुप्रा खोलामा आएको बाढीले लुप्रा गाउ बर्सेनी जोखिममा पर्ने गरेको छ भने त्यहाका कैयन खेतीयोग्य बाढीले बगाएर नष्ट गरेको थियो । यस्तै,बर्खायामको मौसममा कालिगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका १३ बस्ती उच्च जोखिममा परेको अध्ययनले जनाएको छ ।कालिगण्डकी नदीको सतह बर्सेनि वृद्धि हुदै जादा यि बस्तीहरु जोखिममा पर्ने गरेको कार्यक्रमका सहभागीहरुले बताए ।

जलवायु परिवर्तनकै कारण भारी वर्षा हुन थालेपछि मुस्ताङका परम्परागत माटोका घरहरु जोखिममा पर्न थालेका छन् भने यहाका रैथाने बालीले समेत बसाई सार्न थालेको उनीहरुको भनाई छ । यस्तै जलवायुकै कारण स्याउबाली समेत विभिन्न प्रकोप देखिन थालेको छ भने स्याउ खेती नहुने उपल्लो मुस्ताङमा स्याउ खेती हुन थालेको उनीहरुले बताए ।

कार्यक्रममा रुपान्तरणका प्रतिनिधि निरज अधिकारीले जलवायु परिवर्तनका कारण बन तथा जलाधार क्षेत्रमा पर्ने असर र त्यसको न्यूनिकरण संम्वन्धि प्रस्तुतीकरण गरेका थिए । रुपान्तरणका अर्का प्रतिनिधि ज्ञानेन्द्रप्रसाद जोशीले स्थानीय स्तरको बिस्तृत प्रतिवेदन नेपाल—जापान सहयोग नियोग संस्था जाईकामा पेश हुने र त्यसपछि योजना तर्जुमा अघि बढ्ने उल्लेख गरे ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया