कर्मचारी यूनियन मुस्ताङको अध्यक्षमा थकाली

जोमसोम—
नेपाल निजामती कर्मचारी यूनियन जिल्ला कार्यसमिति मुस्ताङले घरपझोङ—५ ठिनी निवासी महेन्द्र थकालीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यससमिति गठन गरेको छ ।यूनियनको मंगलबार जोमसोममा सम्पन्न भएको आठौं जिल्ला अघिवेशनले सर्वसम्मतीमा थकालीलाई निर्विरोध निर्वाचित गरेको हो ।
कर्मचारी यूनियन जिल्ला कार्यसमितिको आठौं अघिबेशनले उपाध्यक्ष खुल्लातर्फ हिमलाल शर्मा लामिछाने,उपाध्यक्ष महिलातर्फ अस्मिता न्यौपाने र उपाध्यक्ष समावेशीतर्फ सकलदेव शर्मा चयन भएका छन् ।यूनियनको सचिवमा गंगाबहादुर थापा र सहसचिवमा गोबिन्द तिवारी छन् भने कोषाध्यक्षमा फुलमाया परियार निर्विरोध निर्वाचित भए ।
यस्तै,कर्मचारी यूनियन मुस्ताङको अधिवेशनले ड्यामप्रसाद पोखरेल, हरि शंकर पोखरेल,राजन कडेल,उज्वल चापागाई,देवेन्द्र थापा, बिष्णु पुन,ओमबहादुर परियार र बालकृष्ण पतानीभाट सदस्यमा चयन गरेको छ ।
यसका साथै अघिबेशनले दिनेश सुवेदी र आशिष भण्डारीलाई केन्द्रिय प्रतिनिधि मा चयन गरेको छ भने समितिको सल्लाहाकारमा बृजकिशोरचौरासिया,भिमसेन भण्डारी र प्रकाश बस्ताकोटी छन् ।
प्रमुख अतिथि जिसस उपप्रमुख राजेन्द्र शेरचनको उपस्थितीमा भएको कार्यक्रममा पुष्पा शेरचन,योगेश शेरचन,संजय थकाली लगायतले अघिबेशन सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा उपप्रमुख शेरचनले राष्ट्र सेवक कर्मचारीकै योगदानले मुलुक समृद्ध हुने उल्लेख गरे । उनले कर्मचारीको हकअधिकारीको रक्षा गर्दै जनताको सेवामा समर्पित हुनुपर्ने बताए ।
कर्मचारी यूनियन मुस्ताङको ८ अघिबेशनको संञ्चालन बृजकिशोर चौरासियाले गरेका थिए ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया