एपिएफको उत्कृष्ट कमब्याक

समाधान संवाददाता २०७८ माघ ९ गते १२:५२

अभिषेक अधिकारी


पोखरा ।
पोखरा रंगशालामा जारी २० औं संस्करणको आहारारा गोल्डकप अन्तर्गतको पहिलो क्वार्टर फाइनल खेलमा सशस्त्र प्रहरी क्लब (एपिएफ) ले भुटनिज युथ स्पोर्टस क्लबलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश पाएको छ । एपिएफको जितमा आभाष लामिछाने १ गोल र रवि थिङले २ गोल गरे । भुटनिजका तर्फबाट रिले युरीले १ गोल गरे ।


अमेरिकाबाट आमन्त्रित भुटनिज युथ स्पोर्टसमा ९ अमेरिकी, ३ नेपाली र ११ भुटानी खेलाडी समावेश थिए । खेलको सुरुआती १५ मिनेटसम्म बल पोजेसन निकै राम्रो बनाएको भुटनिजले पहिलो हाफमा पासिङ र एट्याकिङ खेल प्रदर्शन ग¥यो । डिफेन्स लाइन निकै मजबुत बनाएको एपिएफले भने पहिलो हाफमा आफ्नो डिबक्समा बारम्बार आएको बल क्लियर गरी रह्यो ।

Advertisement


खेलको छैटौं मिनेटमा भुटनिजका म्याट् हुर्लाेको पासमा रिले युरीले डिबक्सभित्र पहिलो अग्रता लिने अवसर पाए तर उनले प्रहार गरेको ग्रासबल पोस्टको निकै टाढा पुग्यो । ११ औं मिनेटमा एपिएफका प्रदीप लामाको प्रहार भुटनिज डिफेन्डरले नै रोके । भुटनिजका मेगल पालफेक्सको प्रहारलाई एपिएफका डिफेन्डर अदम दुम्बाले क्लियर गरे ।


खेलको ३१ आंै मिनेटमा भुटनिजका केल ओबरेनले प्रहार गरेको फ्रिकिक उनकै टिमका मिडफिल्डर पेमा डुक्पाको हेडिङले सही बाटो लिन सकेन । ३७ औं मिनेटमा भुटनिजका जीवन खरेलले प्रहार गरेको बल एपिएफका डिफेन्डर दाउम्बाले रोके । क्लियर गर्दा केल ओबरिनले पुन प्रहार गरेको बल फेरि दाउम्बाले नै ब्लक गरी टिमको खतरा टारे ।

Advertisement


एट्याकिङको खेल नरोकेको भुटनिजका मेगलको डिबक्स बाहिरको लामो प्रहारलाई एपिएफका डिपेन्डरले बचाए । पहिलो हाफको अतिरिक्त समयमा एपिएफ स्ट्राइकर अरमान्द बिएडुमले पाएको अवसरलाई भुटनिज डिफेन्डर मेगलले सजिलै क्लिएर गरिदिए । पहिलो हाफको खेलमा भुटनिजले लगातारको एट्याकिङमा एपिएफको डिफेन्स तोड्न सकेन । एपिएफले भने रक्षापंक्ति निकै उत्कृष्ट सम्हाले पनि भुटनिजको मिडफिल्ड कटाउन सकस परेको थियो ।


दोस्रो हाफको सुरुआतमै २ खेलाडी परिवर्तन गरेको भुटनिजले तेस्रो मिनेटमा अग्रता बनायो । भुटनिजका रिले युरीले गरेको प्रहार एपिएफ डिफेन्डर राजन गुरुङले हेडिङ गर्दै क्लियर गरेको बल मिस पास रहँदा भुटनिज डिफेन्डर मेगल फक्सले हेड गोल गरे । खेलमा केहीबेर एपिएफ अत्तालियो ५२ औं मिनेटमा पुन एट्याकिङमा उत्रिएको भुटनिजका रिले युरीले गरेको प्रहार क्रसबारमा लागेर फर्कियो । ६१औं मिनेटमा भुटनिजले प्रहार गरेको लगातारको २ प्रहार एपिएफका डिफेन्डरले नै क्लियर गरिदिए । ६६ आंै मिनेटमा एपिएफको कप्तान नवीन लामाले प्रहार गरेको फ्रिकिक आभाष लामिछानेको हेडिङ भुटनिज गोलकिपर दिनेश थापा मगरले सजिलै बचाउ गरे । लगत्तै काउन्टर एट्याकमा उत्रिएका भुटनिजका मेगलले गरेको प्रहार एपिएफको पोस्टभन्दा निकै टाढा पुग्यो ।


खेलको ६८ औं मिनेटमा एपिएफका मिडफिल्डर प्रदीप लामाको प्रहार भुटनिज गोलरक्षक दिनेशले बचाउ गर्दा बल अनियन्त्रित हुन पुग्यो । रिबाउन्डमा प्रहार गर्न गएका एपिएफ खेलाडी अरमान्दलाई भुटनिज डिफेन्डरले लडाएपछि रेफ्रीले फाउलको इशारा गर्दै एपिएफलाई पेनाल्टीको अवसर दिए । मिडफिल्डर आभाष लामिछानेले प्रहार गरेको पेनाल्टी गोलरक्षक दिनेशले सही मार्गमा डाइभ गरे तर बल छेक्न नसक्दा उक्त पेनाल्टी गोलमा परिणत भयो ।


खेलमा फर्केसँगै एपिएफले एट्याकिङ र डिफेन्सिभ दुवैमा ध्यान दियो । पुन ७३ औं मिनेटमा एपिएफका स्ट्राइकर अरमान्द बेदुमले राम्रो अवसर पाए । लामो दुरीबाट पाएको पासलाई डिबक्सभित्रबाट हेडिङ गर्दा उनले विपक्षी पोस्टको निकै टाढा पु¥याए । उनी त्यसबेला मात्र एक डिफेन्डरको मार्कमा थिए । खेलको ८४ औं मिनेटमा आभाष लामिछानेले दिएको पासलाई सदुपयोग गर्दै वैकल्पिक खेलाडीका रुपमा मैदान उत्रिएका रवि थिङले गोल गर्दै एपिएफलाई २–१को अग्रता दिलाए । पोस्ट नजिकैबाट गरेको ग्रासबल प्रहार विपक्षी गोलरक्षक दिनेश थापाले बचाउन सकेनन् ।


खेलको ९० औं मिनेटमा भुटनिजका फरवार्ड मेट हुर्लोले खेल बराबरी गर्ने सुनौलो अवसर पाए । एपिएफका जापानी गोलरक्षक क्युरियामा पेनाल्टी किकस्पोट नजिक रहँदा मेटलाई डिबक्सबाट गोल गर्न सजिलो अवसर थियो । उनले त्यो मौका पोस्टको निकै टाढा प्रहार गर्दै खेर फाले । ९० मिनेटको खेल सकिँदा ५ मिनेटको इन्जुरी समय थप गरियो । इन्जुरी समयको तेस्रो मिनेटमा मणि लामाको पासमा भुटनिज खेलाडीलाई बिट गर्दै पुन रवि थिङले डिबक्स बाहिर (करिब ३४ यार्ड) बाट गरेको प्रहार विपक्षी गोलरक्षक दिनेश थापाको डाइभिङले नभेट्दा सानदार गोलमा परिणत भयो । यो सिजनको पहिलो आहारारा खेलेका उनी २ गोल गर्दै खेलको उत्कृष्ट खेलाडी घोषित भए । खेलपश्चात समाधानसँग कुरा गर्दै २३ वर्षीय रविले विगतमा आफूले आहाराराको ३ संस्करणमा भाग लिएको र यो सिजनको पहिलो खेलमा नै २ गोल गर्न पाउँदा निकै खुसी लागेको सुनाए ।

खेलमा राम्रो प्रदर्शन गर्न नसकेका एपिएफका गोलकिपर युयाले आगामी दिनमा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षक कुमार थापाले बताए । सेमिफाइनलमा पनि एपिएफको पहिलो रोजाइको गोलरक्षक बन्ने युयाको सम्भावना छ । भुटनिजलाई हराएको एपिफएले अब १० गते मछिन्द्र र संकटाबीचको विजेतासँग १२ गते सेमिफाइनल खेल्नेछ ।

तपाईको प्रतिक्रिया