खुकुरी प्रहारबाट घाइते श्रेष्ठको निधन
समाधान संवाददाता
२०७५ चैत ७ गते ८:०५

समाधान संवाददाता
तनहुँको म्याग्दे गाउँपालिका ६ सेराटारमा खुकुरी प्रहारबाट घाइते ३३ वर्षीय बालकुमार श्रेष्ठको मंगलबार निधन भएको छ । स्थानीय सुनील पराजुलीले शुक्रबार टाउकोमा खुकुरी प्रहार गरेपछि म्याग्दे २ जामुनेका श्रेष्ठ घाइते भएका थिए ।
खुकुरी प्रहार गरी रगताम्य अवस्थामा छाडेर पराजुली फरार भएका छन् । फरार पराजुलीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए । घटनामा सहयोगी अन्य ५ जना पक्राउ गरिएको उनले बताए । घाइते भएका श्रेष्ठको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सम्बन्धित






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया