मुस्ताङमा पर्यो हिउँ

जोमसोम—
मुस्ताङमा तेश्रो पटक पूनः हिमपात भईरहेको छ ।पश्चिमी वायुको प्रभावसंगै आईतबार बिहान ११ बजेदेखि हिमपात भईरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
हिउँदयाम सकिएर गर्मीयाम सुरु हुने बेला मुस्ताङमा हिमपात भएको हो ।हिमपातले मुस्ताङका डाँढाकाँढा पुरै सेताम्मे भएका छन् भने बस्तीमा समेत हिउँ जम्न सुरु गरेको छ ।जिल्लाको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिका विभिन्न स्थानमा अहिले हिमपात भईरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।
हिमपात भएसंगै मुस्ताङमा चिसो अत्यधिक बढेको छ भने बिद्यालय वालवालिकाहरुको पढन पाठनमा समेत समस्या पर्न थालेको छ । मुस्ताङका तीन स्थानीय तहका बिद्यालय फागुन १ गतेदेखि सञ्चालनमा आएका छन् । उपल्लो मुस्ताङका बिद्यालय भने घुम्ती कक्षाका लागि बेसीमा छन् ।
मुस्ताङमा गत पुस १४ र माघ २० गते भारी हिमपात भएाको थियो ।लगातार हिमपात भएमा स्थानीय जनजिवन प्रभावित हुनुको साथै बेनी—जोमसोम ,जोमसोम—मुक्तिनाथ र उपल्लो मुस्ताङको सडक यातायात अवरुद्ध हुने निश्चित छ । मुस्ताङमा हिमपात भएसंगै मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया