शिवशक्ति टोलमा रामकृष्णकाे अध्यक्षतामा नयाँ समिति गठन

समाधान संवाददाता २०७५ चैत १० गते ११:२४

समाधान संवाददाता
पोखरा

शिवशक्ति मार्ग टोल विकास संस्था, पोखरा ११ फूलबारीको १३ औं साधारणसभा तथा छैटौं अधिवेशनले रामकृष्ण केसीको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा गोमाकुमारी श्रेष्ठ, सचिव कृष्णमान श्रेष्ठ, कोषाध्यक्ष मीनबहादुर गुरुङ, सहसचिव नवराज भण्डारी र सहकोषाध्यक्ष किरण केसी चयन भए । सदस्यमा इन्दिरा पौडेल, धनबहादुर गुरुङ, सुनिता गुरुङ, हरिराम पराजुली, गुमा पराजुली, सम्पूर्ण गुरुङ, शम्शेर कार्की, उमाकुमारी श्रेष्ठ र दिलीप गुरुङ चयन भए ।

कार्यक्रम उद्घाटन वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले गरेका थिए । उद्घाटनपछि बोल्दै बास्तोलाले टोलबासी तथा टोल विकास संस्थाको सक्रियता बिना वडाको विकास हुन नसक्ने बताए । कार्यक्रममा वडा सदस्य मीनबहादुर गुरुङ, विश्वशान्ति बौद्ध गुम्बाका अध्यक्ष तीलबहादुर गुरुङ, शिवशक्ति महिला उत्थानकी अध्यक्ष विष्णु थापा जोजिजूले, कृष्णमान श्रेष्ठ लगायतले बोलेका थिए ।

Advertisement

१ सय घरधुरी रहेको शिवशक्ति टोलमा सबै बाटो पिच तथा ढलान भइसकेका छन् । अन्य कामका लागि २६ लाख रुपैयाँको कोष जम्मा भएको कोषाध्यक्ष मीनबहादुर गुरुङले जानकारी गराए । ज्येष्ठ सदस्य मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव धर्मदत्त ढुंगानाले गरेका थिए । नवनिर्वाचित अध्यक्ष रामकृष्ण केसीले आफ्ना भावी कार्यक्रमसहित मन्तव्य राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया