नेकपा एस स्याङ्जाका सचिव र अखिलका केन्द्रीय उपमहासचिव सहितका कार्यकर्ता एमालेमा प्रवेश

पाेखरा ।
नेकपा एमाले विभाजित भएर बनेकाे नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका दुई जना प्रभावशाली नेतासहित १ दर्जन नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पाेखरामा आयाेजित पार्टी प्रवेश कार्यक्रममा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपा एस स्याङ्जाका सचिव टीकाराम नेपाली, अनेरास्ववियुका केन्द्रीय उपमहासचिव मेघनाथ चापागाँई, नेकपा एस गण्डकी प्रदेश कमिटी सदस्य नेत्रबहादुर थापा, स्याङ्जा जिल्ला कमिटी सचिवालय सदस्य मनाेज थापा लगायत दुई दर्जन कार्यकर्तालाई एमालेमा प्रवेश गराए ।
उनीहरुकाे पार्टी प्रवेशकाे अगुवाई आँधीखाेला गाँउपालिकाका अध्यक्ष सुधीर पाैडेल, जिल्ला समन्वय समितिका सभापित सीता सुन्दास, युवा नेता शाेभियत ढकाल लगायतले गरेका थिए ।
पार्टीमा प्रवेश गरेकालाई स्वागत गर्दै एमाले उपमहासचिव गुरुङले देशकाे समृद्धिकाे लागि एमालेलाई बलियाे बनाउनुकाे विकल्प नभएकाे बताएका थिए । आगामी स्थानीय चुनावबाटै परमादेशबाट बनेकाे सरकारकाे जग नेपाली जनताले भत्काइदिने दावी समेत गरे ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया