स्याङ्जाको चापाकोट नगरपालिकामा कांग्रेस विजयी

स्याङ्जा ।
स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण (ईश्वर) विजयी भएका छन् । नेकपा एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै खाँण विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । खाँणले ७ हजार ९ सय ९० मत ल्याउदा एमालेका कोइरालाले ६ हजार ५ सय ५५ मत प्राप्त गरेका छन् ।
यस्तै, उपप्रमुखमा कांग्रेसकै इशा राना विजयी भएकी छन् । प्रमुख प्रतिपक्षी एमालेका सृष्टि मल्ललाई १ हजार १३ मतले पछाडि पार्दै विजयी भएकी रानाले ७ हजार ४ सय १३ मत ल्याउँदा मल्लले ६ हजार ३ सय ७६ मत प्राप्त गरिन् ।
चापाकोट नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्ष पदमा एमालेका भुपराज वस्ती विजयी भएका छन् । त्यस्तै, २ नम्बर वडामा एमालेकै टीकाराम श्रेष्ठ, ३ मा कांग्रेसका जुटबहादुर राना, ४ मा कांग्रेसका अर्जुन खाँण, ५ मा कांग्रेसका बलनारायण श्रेष्ठ, ६ मा कांग्रेसका तारा पोखरेल, ७ मा एमालेका मोहन केसी, ८ मा कांग्रेसका तोपलाल न्यौपाने, ९ मा एमालेका कृष्ण सुवेदी र १० मा एमालेकै रामु कोइराला विजयी भएको निर्वाचन सचिवालयले जनाएको छ ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया