फिर्केमा गिद्धे नजरः तारजाली लगाएर व्यक्तिगत बनाइँदै

सुरेशराज अधिकारी
फिर्के खोला पोखरेलीको महत्वपूर्ण प्राकृतिक सम्पत्ति हो । साझा सम्पदा पनि हो तर केही पोखरलीले नै व्यक्तिगत लाभका लागि अहिलेसम्म फिर्के दोहन गरिरहेका छन् । कोहीले घरको ढल तथा फोहोर फिर्केमै मिसाउँछन् त कसैले फिर्केमा नै घर बनाएका छन् ।
गत पुस २३ गते पोखरा महानगरले फिर्के खोलामा वडा सदस्य विष्णु परियारले नै बनाएको संरचना भत्कायो । धेरै सार्वजानिक र व्यक्तिगत संरचना अझै पनि फिर्के खोलाको मापदण्ड विपरीत छन् । फिर्केमाथि दोहन भने अझै रोकिएको छैन । बाग्लुङ बसपार्कभन्दा केही तल फिर्के पुल छ । उक्त पुलभन्दा २ सय मिटर तलदेखि फिर्केखोलाको मापदण्डभित्रका जग्गा व्यक्तिगत संरचना बनाउन प्रयोग भएको छ ।
फिर्के छेउमा संरचना बनाइएको उक्त ठाउँमा खोलाको बीच भागमा नै तटबन्धन गरिएको छ । खोलालाई नै पश्चिमपट्टिबाट मोड्ने गरेर तटबन्ध गरिएको छ । केही भागमा रातो माटोले पुरिएको छ । जसबाट फिर्के अतिक्रमण प्रस्ट देखिन्छ । यस तटबन्धनले फिर्केलाई खुम्च्याउने गरी अतिक्रमण भएको नागरिक अगुवा रामबहादुर पौडेलले बताए ।
पोखरा महानगरपालिकाले फिर्के खोलाको किनारबाट १० मिटरभित्र कुनै पनि संरचना बनाउन नपाउने मापदण्ड बनाएको छ । तर ज्ञानबहादुर कोइरालाले फिर्केको बीचबाट तटबन्ध लगाई कोइरालाले जग्गा बढाउने काम गरेको पौडेलले दाबी गरे । कोइरालाले यसअघि पनि फिर्के अतिक्रमण गरी संरचना बनाएको स्थानीय बताउँछन् ।
पोखरा महानगरपालिका ५ का वडाध्यक्ष तथा महानगरका प्रवक्ता धनबहादुर नेपालीले पहिला पनि अतिक्रमण भएको बेलामा वडा कार्यालयले रोकेको बताए । अहिले पनि अतिक्रमण तीव्र भएको वडाध्यक्ष नेपालीको स्वीकारोक्ति छ । वडा कार्यालयले अतिक्रमण रोक्ने बताए ।
सार्वजनिक सम्पत्ति अतिक्रमण रोक्न राज्यको प्रयासले मात्र नहुने भएकाले जनताले पनि यसमा सहयोग गनुपर्ने नेपालीले बताए । पोखरा महानगरपालिका ५ का वडा सदस्य उज्ज्वल खत्रीले अतिक्रमण गरेकोे प्रत्यक्ष देखिएकाले फिर्के संरक्षणका लागि कानुन अनुसार अघि बढ्ने बताए ।
पोखरा महानगपालिकाले २०७४ साल चैतमा फिर्के खोलामा बनाइएको अवैध संरचनाको पहिचान गरेको थियो । मापदण्ड विपरीतका उक्त संरचना हटाइने भने पनि अहिलेसम्म हटाइएको छैन ।










जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया