जहाज खोज्न हिडेका सुमित ४५ सय मिटरको उचाईमा पुगे ,तर जहाज फेला परेन,याक खर्ककै गोठमा बास बसे

टाउँको माथिबाट उडेको जहाज १० मिनेटमै पड्कियो आवाज सुनियोःप्रत्यक्षदर्शी राई

समाधान संवाददाता २०७९ जेठ १५ गते २३:३३

जोमसोम–
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज आईतबार बिहान १०ः१२ मिनेटमा मुस्ताङको थासाङक्षेत्रमा बेपत्ता भएको छ ।जहाज खोज्नका लागि स्थानीय प्रशासनको समन्वयमा ३ वटै सुरक्षा निकाय ,स्थानीय र फिस्टेल एअरको माउन्टेन हेलीले पटक पटक प्रयास गरेपनि मौसम प्रतिकुलताका कारण सफल हुन सकेन ।
थासाङ–३ लेतेका सुमित गौचनमा जोमसोममा थिए । जहाज हराएको खबर सुनेपछि हस्याङ फस्याङ गर्दै थासाङको नाउरिकोट पुगे । त्यहा उनले तारा एअरको जोमसोम प्रतिनिधि सुचन लालचनलाई भेटे लालचनले उनलाई जहाज खोज्न अनुरोध गर्दै जहाजको जिपिस दिएर पठाए । नाउरिकोटबाट सुमितसंगै १० जना युवा मानापाथी जाने उकालो उक्लिए । उकालो उक्लिएका १० जना मध्ये ६ जना उकालो पहाड देखेर बीच बाटोमै फर्किए ।सुमितसंग अन्य ३ जना युवा थिए । उनीसंग गएका ३ जना पनि अल्टिच्युडका कारण ३५ सय मिटरको उचाईबाट र्फिर्कए । नाउरिकोटबाट साथीहरुसंग उकालो उक्लिएका सुमित सबै साथी फर्किदा पनि उनले हार मानेन ।उनी करिव ६ घण्टाको उकालो यात्रा तय गर्दै ४५ सय मिटरको याकखर्क भन्ने स्थानमा पुगे ।
तारा एअरको मुस्ताङ प्रतिनिधि लालचनले दिएको एरियामा जहाज खोजे तर उनले जहाज फेला पार्न सकेनन् । याक खर्कमा पुग्दा उनले ९ जना यार्सा टिप्ने टोली भेटे । उनीहरुले त्यसक्षेत्रमा दुई दिशामा यार्सा खोज्दै थिए । सुमित त्यहा साँझ ६ बजे पुगेका थिए । यार्सा टिप्नेहरुसंग जहाजको बिषयमा सोधपुछ गरे । यार्सा टोलीले यार्सा खोज्दै गरेको ठाउँको आसपासमा बादल भित्र करिव ४ किमी दुरीमा जहाज उडेको देखेको उनलाई बताए । यार्सा टिप्दै गरेका सोलुखुम्बु जिल्ला घर भएका राजकुमार राईले आफ्नो टाउँको माथिको आकाशबाट जहाज उडेको र १० सकेन्डमै आवाज आउने गरी पड्किएको उनलाई जानकारी दिए ।सुमितलाई बताए अनुसार यार्सा जोज्न गएका राईले जहाज पड्किएको आवाज आउने दिशातर्फ गए तर उनले जहाज फेला पार्न सकेनन् ।सुमितका अनुसार सोहीक्षेत्रको आसपास करिव ५ हजार मिटरको दुरीमा दुर्घटना भएको हुनसक्ने अनुमान गरे ।
जहाज खोज्न हिडेका सुमित अहिले याकखर्कको यार्सा टिप्ने गोठमै काँचो चाउचाउ खादै बसेका छन् । उनी भन्छन् भोली त मौसम सुधार होल ।बिहानै जहाज खोज्न जान्छु ,यार्सा टोलीलाई पनि लैजान्छु ।

Advertisement

तपाईको प्रतिक्रिया