ट्रक चालकको चरम लापरवाहीः देख्दादेख्दै बाइकमाथि टायर चढाए
समाधान संवाददाता
२०७५ चैत २५ गते ११:४१

समाधान संवाददाता
पोखरा १४ चाउँथेस्थित विजयपुर ओरालोमा ट्रकले मोटरसाइकलाई किच्दा एक घाइते भएका छन् ।
ग १ख ६७६७ नम्बरको सार्वजनिक मालबाहक ट्रकले ग९प ६००३ नम्बरको मोटरसाइकललाई सडकमा रोकिरहेको अवस्थामा कुल्चिदा बाँझापाटन निवासी ३१ वर्षीय नरबहादुर विक घाइते भएका हुन् ।
घाइते विकको बाँया खुट्टा र दुवै हातमा ठूलो चोट देखिन्छ । सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको सहयोगमा उपचारको लागि सिर्जनाचोक स्थित मेट्रो सिटी अस्पताल पुर्याइएको छ ।
घाइते विकले आफू रोकिरहेको अवस्थामा ट्रकले अनियन्त्रित किसिमबाट टर्निङ लिँदा आफूलाई कुल्चिएको बताएका छन् । ‘सडक छेउमै थिएँ । ट्रकले देख्दादेख्दैँ बाइक माथि अगाडीको टायर चढायो,’ उनले भने ।
घटनास्थलमा ट्राफिक एवं प्रहरीको टोली पुगी ट्रक तथा चालकलाई नियन्त्रणमा लिइसकेको छ ।
तस्बिरः ईश्वर देवकोटा,समाधान
सम्बन्धित







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया