अन्नपूर्णमा मेलमिलाप तालिम

समाधान संवाददाता २०७५ चैत २६ गते १२:१५

समाधान संवाददाता, पोखरा

अन्नपूर्ण गाँउपालिकामा ८ दिने मेलमिलाप आधारभूत तालिम भएको छ । स्थानीयस्तरमा हुने विवादलाई मेलमिलापका माध्यमबाट वडामै मिलाउने उद्देश्यले मेलमिलापकर्ताको क्षमता बढाउन पालिकाले तालिम आयोजना गरेको हो ।

तालिम समापनमा अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुँवरले स्थानीयस्तरका विवाद स्थानीय स्तरमै समाधान पहल जरुरी रहेको बताए । मेलमिलाप केन्द्रमार्फत न्यायपूर्ण र शान्तिपूर्ण समाज निमार्ण अभियानमा तालिमले सहयोग पुग्ने धारणा राखे । उनले तालिमबाट सिकेका ज्ञान आफ्नो गाउँ, टोल र छरछिमेकमा हुने सानातिना झैझगडा, विवाद समाधान र न्याय निरुपणमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिए ।

Advertisement

कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक सगुन गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, प्रशिक्षक अधिवक्ता हरिप्रसाद पण्डित, सहभागी डम्बरबहादुर दियाली र ज्योति थापा मगर लगायतले बोलेका थिए ।

तालिममा ४ देखि ११ नम्बर वडाका ३० जना विभिन्न उमेर समूहका महिला पुरुषले मेलमिलापको महत्व, सामाजिक द्वन्द्व व्यवस्थापन, द्वन्द्व र विवादको विकास, विवाद समाधानका संयन्त्र बारेमा जानकारी लिएका थिए । तालिममा मेलमिलापको अन्तर्राष्ट्रिय अभ्यास, मेलमिलाप सम्बन्धी कानुनी व्यवस्था, मेलमिलाप ऐन तथा नियमावली, सामुदायिक मेलमिलाप कार्यान्वयन निर्देशिका, मेलमिलापका चरण, प्रशंसनीय दृष्टिकोण प्रयोग गर्ने सीप, सामाजिक न्याय, लैंगिक, मानवअधिकार र न्यायोचित समाधान बारेमा अधिवक्ता हरिप्रसाद पण्डित, गीता आचार्य, हरिप्रसाद भट्टराई, हरि रेग्मी, यज्ञ अधिकारी लगायतले प्रशिक्षण दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया