पिल्लर नम्बर २४ः यता सडक, उता पुर्वाधार

समाधान संवाददाता २०७६ वैशाख ५ गते ९:२७

सुन्दरकुमार थकाली, मुस्ताङ

उत्तरी सीमावर्तीक्षेत्र कोरलानाकामा यतिखेर चिनिया पक्षको लोभलाग्दो पूर्वाधार देख्न पाईन्छ । २४ नम्बर पिल्लरको दशगजा पर १ वर्ष अघिबाट चिनिया पक्षले तिब्र गतिमा पूर्वाधार निर्माण थालेको हो । अहिले उक्त पूर्वाधार अन्तिममा पुगेको छ।

यस नाकामा चाहिने पूर्वाधार निर्माणको पूर्व तैयारीले आगामी दिनमा नेपालसंग व्यापारिक संम्वन्ध बिस्तार गर्ने सांङ्केतिक ग्रिन अर्थ राख्दछ ।चिनिया पक्षले १ वर्ष अघि देखि पूर्वाधार निर्माणको काम थालेको हो ।उपल्लो मुस्ताङको लोमान्थाङ देखि उत्तर करिव २० किमी पर र चिनियाँ भुमिको ठुलो पठार मरुभुमी फाँटमा दुई देशको सिमास्तम्भ छ, जसलाई कोरला गेट अर्थात २४ नम्बर पिल्लर भनिन्छ ।

Advertisement

धेरै वर्षअघिदेखि उपल्लो मुस्ताङ र तिब्बती भूमिका बासिन्दाले यहाँ खुला रुपमा व्यापारिक संम्वन्ध कायम गर्दै आएका थिए ।चरिचरन क्षेत्र पनि सहज थियो ।२०३२ सालमा तिब्बतीयन खम्मा बिद्रोहपछि यो नाका बन्द भयो ।नाका खुल्ने बन्द हुने अवस्था रहदै गयो । खम्बा बिद्रोहपछि यस नाका हुँदै कतिपय तिब्बतीयन नागरिक नेपाल पसे ।यी मध्ये कतिपय मुस्ताङको छैरो क्याम्पमा छन् ।

नाका हुँदै यहाँ व्यापारिक कारोबार देखि मानव तस्कर समेत हुने गरेको भन्ने भनाई छ ।जानकारका अनुसार ६० को दशकमा कोरलानाका हुँदै कर्मापा लामा भारत छिरेपछि चिनिया पक्षले कोरलानाकाको ढोका सदाका लागि बन्द गरेको बताईएको छ । बिगत १० वर्षअघि देखि यो नाका बन्द भएपनि चिनिया अधिकारी र मुस्ताङ प्रशासनको आपसी सहमतिमा वर्षेनी असार र भदौ महिनामा व्यापारिक मेला आयोजना हुँदै आएको छ ।

Advertisement

मेलामा उपल्लो मुस्ताङका स्थानीयले अतिआवश्यकीय वस्तुको खरिद र आफ्ना उत्पादन बिक्री गर्न सहज भईरहेको पाईएको छ । ।यसपछि नाका १२ महिना पुरै बन्द हुने गर्छ ।यहाँ चिनिया पक्षले कोरलानाकामा आधुनिक तवर सिसी क्यामेराले निगरानी गर्न थाल्यो ।

व्यापार मेलामा मात्र नेपालीलाई परिचयपत्रका आधारमा चिनिया भुमीमा प्रवेश दिईने गरेको छ । खम्बा बिद्रोहले सुस्ताएको उत्तरी कोरलानाका पूनः भारतिय नाकाबन्दीपछि चर्चामा आएको हो ।सरकारले यस नाका संञ्चालन गर्न आवश्यक छ भन्ने निश्कर्ष सहित कालिगण्डकी करिडोर अन्तर्गत बेनी – जोमसोम र जोमसोम – कोरला सडक बिस्तार गर्ने रणनीति बनाएको हो ।

नेपाल सरकारले धमामध सडक बिस्तार गर्दै गर्दा उता चिनिया पक्षले पूर्वाधार निर्माणमा जोड दिएको हो ।सरकारले करिडोर सडकका लागि झन्डै साढे ४ अर्ब रकम बिनियोजन गरेको हो ।हाल समग्रमा सडकको ५० प्रतिशत काम संम्पन्न भएको आयोजनाले जनाएको छ । चिन पक्षले पूर्वाधार निर्माण गर्दै गर्दा यता नेपाल पक्षले पनि कोरला दशगजाक्षेत्रमा पूर्वाधार निर्माणका लागि जग्गाको व्यवस्था गर्ने तैयारी गरेको छ ।

सरकारले भन्सार लगायत,सुख्खा बन्दरगाह ,पशु क्वारेनटाईन ,सुरक्षा निकाय आदीका लागि जग्गा व्यवस्थापन गर्न लागेको मुस्ताङका प्रजिअ गंगाबहादर क्षेत्रीले जानकारी दिए । उनले यसका लागि सरकारले जग्गा व्यवस्थापन समिति गठन गरेको बताए ।‘ चालु आर्थिक वर्षमै जग्गा व्यवस्थापनको टुङ्गो लाग्छ । करिव ४ हजार रोपनी जग्गा व्यवस्था हुन सक्छ ’उनले भने ।

दुई देश बीचको व्यापारीक तथा पारवाहन सम्झौताका लागि राष्ट्रपति बिद्यादेवी भण्डारीको आसन्न चिन भ्रमणको पूर्व सन्ध्यामा प्रतिनिधि सभाको संसदीय अन्तराष्ट्रिय सम्वन्नध समितिको टोली कोरला पुगेर फर्किएको छ । टोलीले त्यहाँ कोरलाक्षेत्र तथा चीनिया पूर्वाधार समेतको अवलोकन गर्‍यो । यसका साथै करिडोर सडकको पछिल्लो अवस्था, चराङ बिमान स्थलको संम्भाव्यता अध्ययन र ७ सय वर्ष पुरानो ऐतिहासिक चराङ गुम्बाको अवलोकन गरेको सांसद प्रेमप्रसाद तुलाचनले जानकारी दिए ।

यसअघि टोलीलृृे मुक्तिनाथ मन्दिर तथा त्यहाको भौतिक संम्पदाको निरीक्षण गरेको सांसद तुलाचनको भनाई छ । सडक, ऐतिहाँसिक संरचना, उर्जा, पर्यटन संम्भावना र उपल्लो मुस्ताङको बिमान स्थल आवश्यकता र स्वास्थ्य आदीको प्रतिबेदन सरकारलाई बुझाउने समितिकी सभापति पबित्रा निरौला खरेलले बताईन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यगरी टोली मुस्ताङ आएको उल्लेख गर्दै सभापति खरेलले मुस्ताङमा भईरहेका संरचना निर्माण र चुनौति आदीको प्रतिबेदनले राष्ट्रपतिको चिन भ्रमणलाई सहयोग गर्ने दावी गरिन् ।

तपाईको प्रतिक्रिया