औषधी व्यवसायी संघमा मृगेन्द्र

समाधान संवाददाता २०७६ वैशाख १० गते १४:३२

समाधान संवाददाता, पोखरा

नेपाल औषधी व्यवसायी संघको १३ औं राष्ट्रिय अधिवेशनबाट मृगेन्द्रमेयर श्रेष्ठ दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठले लोकहरि श्रेष्ठलाई ४० मतको अन्तरले जितेका हुन् । १ सय ४१ मत प्राप्त गर्दा मृगेन्द्रका प्रतिस्पर्धी लोकहरिले १ सय १ मत ल्याएका थिए ।

समिति उपाध्यक्ष (आयात) निरन्जन रिसाल, उपाध्यक्ष (थोक) सुनील श्रेष्ठ, उपाध्यक्ष (खुद्रा) रामप्रसाद खरेल, महासचिव रामचन्द्र शर्मा, कोषाध्यक्ष सम्राटमान जोशी र उपकोषाध्यक्ष श्रीधर खनाल चयन भएका छन् ।

Advertisement

सदस्यमा सिर्जनकुमार भट्टराई, प्रमान्द रावत, गयाप्रसाद कुस्मी, शर्मिला शाक्य, कृष्ण रोकाय, प्रकाशकुमार श्रेष्ठ, कविराज कँडेल र मुकुन्द कृष्ण श्रेष्ठ निर्वाचित भए ।

अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले संघलाई व्यवस्थित गर्दै औषधी बिक्री वितरण सहायक व्यवसायी तालिमको व्यवस्था गर्ने बताए । नेपाल औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले उद्घाटन सभामा ‘२१ हजार सदस्य भएको संस्थाले तालिम गर्न नदिए आन्दोलन गर्छौैं भन्नु जायज हुन्छ र ? तपाईहरु तालिम गर्नुस् हामी आवश्यक सहयोग गर्छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया