ऋषिङका किसानलाई हाते ट्याक्टर
राजन उपाध्याय दुलेगौंडा
तनहुँको ऋषिङ ८ पल्ट्याङकी सीता श्रेष्ठले यस वर्ष छिमेकी कहाँबाट हाते ट्याक्टर ल्याएर मकै लगाइन् । गोरुले जोत्दा महंगो र गोरु पाउनै मुस्किल भएपछि उनको रोजाइ ट्याक्टर पर्यो ।
उनले २ हलको मेलो एकै दिनमा भ्याइन् । ‘गोरुले जोतेको भए २ हजार ५ सय खर्च हुन्थ्यो’, उनले भनिन, ‘ट्याक्टरमा ८ सय रुपैयाँको पेट्रोलले पुग्यो ।’ हिजोआज गोरु र मानिसको पारिश्रमिक दैनिक २ हजार छ । अनि खाजा र खाना पनि खुवाउनुपर्छ । यसमा थप करिब ५ सय रुपैयाँ लाग्छ ।
आइतबार गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको हाते ट्याक्टर लिन वडा कार्यालय पुगेकी उनले समूहका सदस्यलाई अब खेती लगाउन सजिलो हुने बताइन् । अन्नपूर्ण कृषि समूहकी अध्यक्षसमेत रहेकी सीताले गोरुलाई घाँस काट्ने झन्झटबाट मुक्त भइने उल्लेख गरिन् ।
‘छोराछोरीलाई घाँस काट्न पठायो जादैनन्, आफैंले काट्दै आएकी थिएँ,’ उनले थपिन, ‘अब हल गोरु बेच्छु ।’ हाते ट्याक्टर उपलब्ध गराउन गाउँपालिकामा निवेदन दिएका कृषक समूहलाई ट्याक्टर उपलब्ध गराइएको हो ।
काहुँस्थित धनुवास कृषि समुहका अध्यक्ष दुर्गाबहादुर सिञ्जालीले गाउँमा पछिल्लो समयमा हली र गोरु पाउन समस्या भएको बताए । ‘गोरुसँगै काम गर्ने हलीसमेत छैनन्,’ उनले भने, ‘कतिपय वैदेशिक रोजगारका लागि गए, कोही सहर झरे ।’ अबको विकल्प सबैले चलाउन सक्ने हाते ट्याक्टर भएको उनले उनले सुनाए ।
रानीपोखरीका अर्का कृषक महेन्द्रकुमार श्रेष्ठले १ हल गोरुको मूल्यभन्दा ट्याक्टरकै मूल्य सस्तो भएको बताए । ‘३५÷४० हजार त एक हल गोरुकै पर्छ,’ उनले भने, ‘५० प्रतिशत अनुदानमा लिंदा ट्याक्टरकै मूल्य सस्तो पर्यो, घाँस काट्न र पाल्न पनि परेन । त्यसैले हाते ट्याक्टर रोजें ।’
गाउँपालिकाले विभिन्न वडाका कृषक समूहलाई आइतबार र सोमवार गरी १० हाते ट्याक्टर प्रदान गरेको अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । ‘अरु मुलुकमा यान्त्रिकरणमार्फत उत्पादन धेरै सस्तो हुने गरेको छ,’ उनले भने, ‘पालिकाले आवश्यक सहयोग गर्नेछ ।’ उनले १ हाते ट्याक्टरको ६५ हजार रुपैयाँ परेको बताए ।
वडा नं. ८ का कावा अध्यक्ष भरतकुमार श्रेष्ठले ट्याक्टरको सही ढंगले उपयोग गर्न कृषकलाई आग्रह गरे । ‘हुन त आगामी १५÷२० वर्षपछि हलो जोतेकै नदेखिने हो कि भन्ने पनि चिन्ता लागेको छ,’ श्रेष्ठले भने, ‘समयको मागसँगै प्रविधिलाई पनि पछ्याउनु जरुरी छ ।’ ट्याक्टर जोत्न सिकाउन पुगेका होन्डा कम्पनीका अर्जुन पौडेललेसमस्या आए गाउँमै आएर सेवा दिने प्रतिवद्धता जनाए ।







प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
‘संविधानबाहिरको सरकारलाई समर्थन मिल्दैन’
कास्की आइडलको दोस्रो चरणमा ३५ जना
ह्याङ्जाकोटको पर्यटन प्रवर्द्धनमा पैरवी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया