मुख्य पार्टीका ‘बालेन’ पलायन हुन्छन्

खगराज आचार्य २०७९ असोज १० गते १२:५०

नेपालको राजनीतिक र प्रशासनिक प्रणालीप्रति जनता असन्तुष्छ छन् । अल्पकालीन, मध्यकालीन र दूरगामी योजना बनाएर प्रतिश्पर्धा र पारदर्शी रुपमा अगाडि नबढी उपाय नै छैन । यसको लागि प्रथमतः स्थलगत अध्ययन भएर भूगोलको अवस्था, जनताको माग अनुसार अनुसन्धानसहित योजनाहरुको प्राथमिकता तोकिनु पर्छ ।

प्राथमिकता अनुसार योजनाहरुको काम गर्दा दिगो विकाससहित आउने पुस्ताका लागि सोचेरमात्र काम गर्नुपर्छ । यसको लागि राजनीति र प्रशासनिक प्रणाली पारदर्शी, चुस्त र दुरुस्त हुनु अनिवार्य हुन्छ । राजनीतिमा प्रतिश्पर्धा, प्रशासनमा पारादर्शीता र यसको अनुगमनका लागि कानुनी शासन अपरिहार्य हुन्छ ।

नेपालमा पढेका विद्यार्थी विश्वमा प्रतिश्प्रर्धा गर्न सक्षम छन् तर आफ्नै देशमा काम पाउँदैनन्

Advertisement


विकासका लागि विज्ञानको उचित प्रयोगले मात्र समृद्धि सम्भव छ । विज्ञानले मानिसको चेतनामा वृद्धि गरेको छ, जीवनस्तर उकासेको छ, अन्धविश्वास निर्मूल पारेको छ । पहिला आगो लाग्दा र तीव्र हावा चल्दा देवता रिसाए भनिन्थ्यो तर प्रविधिको विकासका कारण हावा हुरी र बाढीको पूर्व अनुमान हुन् सकेर सर्वसाधारणलाई सतर्क पार्न थालिएको छ । आधुनिक युगमा नेपाल विज्ञान र प्रविधिमा पछि परेको छ । नेपालमा पढेका विद्यार्थी विश्वमा प्रतिश्प्रर्धा गर्न सक्षम छन् तर आफ्नै देशमा काम पाउँदैनन् ।

भौतिक शास्त्र अध्ययन गरेपछि कलेज पढाउनेबाहेक अरु काम पाउदैनन् । विदेसमा गएर सीप र ज्ञान हासिल गरेकालाई फर्काउनका लागि राजनीतिक सत्ताले कुनै चासो देखाएको पाइँदैन । विद्यार्थीले अनुसन्धान गरेर कुनै प्रविधि निकाले भने प्रोत्साहन गरिँदैन । अवसर र मौका नपाएर वाध्य भई विदेश जानु परेको छ । यसैलाई ब्रेनड्रेन पनि भनिएको छ । यस्तो प्रविधि मैत्री शक्तिलाई देशबाहिर जान नदिने र गएको शक्तिलाई स्वादेशमा फर्काउन सके देशको समृद्धिका लागि टेवा पुग्ने थियो ।

Advertisement

जापानको उदाहरण हेर्दा हाम्रो राणा कालमा जस्तै राजालाई बन्दी बनाएर भारदारहरुले देश चलाउथे । सन् १८६८ तिरका राजा मेसीले जनतासमक्ष एक उद्घोष गरी अबदेखि जनताको सहमतिमा मात्र राजकाज गर्ने र देश विकासका लागि आवश्यक ज्ञान र विज्ञान विश्वको कुनै कुनाबाट ल्याउने प्रतिवद्धता गरेका थिए । उनले ठाने कि आधुनिक युगमा टिक्नका लागि शक्ति रास्ट्रहरु जतिकै विकसित हुन् जरुरी छ । त्यसको लागि जापानिज युवालाई युरोप र अमेरिका पढ्न पठाए ।

उनीहरुलाई उत्कृस्ट लागेको नर्वेली शिक्षा पढ्न पठाए । पढेर आएका मानिस र स्थानीय युवाको सीप, ज्ञान र परिश्रमको बलमा जापानको तीव्र विकास भएको हो । जापानमा आज पनि मेसीलाई माया मानेर जापानमा उत्पादन भएका केही सामानको ब्रान्ड नै मेसिको नामले लोकप्रिय भएका छन् ।

विदेशबाट विज्ञान र प्रबिधि भित्र्याए पनि उनीहरुले आफ्नो संस्कार र मौलिकता भने त्यागेनन् । विज्ञान, प्रविधि र आफ्नो मौलिक संस्कारसहितको विकास गरेकाले नै जापान आज विश्वको एक अनुशासित र विकसित रास्ट्रको नामले चिनिएको छ । कोरिया युद्धपछि दक्षिण कोरियाले पनि जापानको बाटो लिएर विकास गर्‍यो । सुरुमा त दक्षिण कोरियामा उत्पादन भएको वस्तुलाई अमेरिकाले बजार उपलब्ध गरायो । तर अहिले त्यहाँका कोरियन उत्पादन अमेरिकाका उत्पादित वस्तुसँग प्रतिश्प्रधा गरेर आफ्नो स्थान बनाउन सफल भएका छन् ।

विज्ञानलाई कुण्ठित गराउन हुँदैन । ग्यालिलियोले पृथ्वीले सूर्यको परिकारमा गर्छ भन्दा आजीवन काराबास बस्नु पर्‍यो । यस्तो कार्यले विज्ञान कुण्ठित हुन्छ । विज्ञान र प्रविधिको प्रयोग बिना विकास सम्भव छैन । शुक्ल यजुर्वेदमा लेखिएको छ कि आफ्ना छोराछोरीलाई विज्ञान देऊ, एक क्षण पनि खेर नफाल, उद्योग गर, विज्ञान सूर्य समान हुन्छ, सम्मान गर । विज्ञानको प्रयोग गरी विमान र अन्तरिक्ष यान बनाएर देश, देशान्तर घुम र प्रजालाई सुख देऊ, मौसम अनुसार काम गर । कृषि कार्य गर्दा विज्ञानको प्रयोग गर, ज्ञान बढाउन अन्तरक्रिया गर, जमिनमुनि सुन, हिरा छ, विज्ञान लगाएर खोज ।

कृषि, उद्योग, ज्ञान र सूचनामा विज्ञानको प्रयोग गरी अनुसन्धान गरेर उत्पादन बढाएर विकास गर्नु अनिवार्य छ । अहिले नेपालमा बालेनको काम देखेर युवादेखि वृद्धसम्ममा विज्ञान, कानुन र विकासका कुराको चर्चाले उचाइ पाएको छ । राजनीतिक मनोमालिन्य गरी लूट मच्चाउनेहरुको विरुद्दमा युवा पंक्ति जुर्मुराउन थालेको छ । पार्टीहरुभित्र खैलाबैला चलेको छ ।
निर्वाचनको मुखमा ठूला नेतालाई हराउने अभियान नै चलाउन थालिएको छ ।

हिजो ढुंगाले पनि सलाम गर्ने नेताहरुलाई आज जनताले तिरस्कार र बहिस्कार गर्न थालेका छन् । फलाम तातेको बेलामा ठोक्ने बेला यही हो भन्न थालिएको छ । हिजो पार्टीमा अल्पमत परेको शक्तिले थप बल पाउन थालेको छ । पार्टीभित्र भएका बालेनहरुले मौका पाएमा र स्वादेशमा स्थान नपाएर विदेश गएको प्रविधि मैत्री शक्तिलाई नेपाल फर्काएर हाम्रो देशको स्रोत र साधनको समुचित प्रयोग र उपयोग गर्न सकेमा आगामी भविष्य उज्ज्वल हुने थियो भन्ने कुरामा दुई मत छैन ।

तपाईको प्रतिक्रिया