
जोमसोम ।
१ प्रतिनिधि र २ प्रदेशसभा रहेको मुस्ताङमा यस पटक पनि नेपाली कांग्रेससहितको गठबन्धन र नेकपा(एमाले)बीच नै मुख्य प्रतिस्पर्धा हुँदै छ । आसन्न निर्वाचनमा एमाले र कांग्रेसका चन थकालीबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिनिधिसभातर्फ गठबन्धनबाट योगेश गौचन थकाली र एमालेबाट प्रेमप्रसाद तुलाचन मैदानमा छन् । प्रदेश २ मा गठबन्धनबाट विकल शेरचन र एमालेबाट चन्द्रमोहन गौचनबीच मुख्य प्रतिस्पर्धा हुँदै छ । प्रदेश १ मा एमालेबाट ईन्द्रधारा बिष्ट र कांग्रेस गठबन्धनबाट नम्डु गुरुङ आमनेसामने हुँदै छन् ।
२०७४ को प्रतिनिधि र प्रदेशसभा सदस्य जितेको एमाले यस पटक पनि परिणाम दोहोर्याउने योजनाका साथ अघि बढेको छ । सत्ता गठबन्धन पनि ३ वटै सिट आफ्नो पक्षमा पार्ने तयारीमा छ ।
२०७० सम्म मुस्ताङमा नेपाली कांग्रेस निकै शक्तिशाली मानिन्थ्यो । संघीयताअघि नेपाली कांग्रेसका रोमी गौचन थकालीले २०५६ साल र २०७० सालको प्रतिनिधि सभा निर्वाचन जितेका थिए ।
कांग्रेसको जिल्ला तहमा आन्तरिक विवाद रहँदा नेपाली कांग्रेस केही कमजोर देखिन पुग्यो । पार्टीका प्रवुद्ध कार्यकर्ता तथा नेता एमालेमा प्रवेश गरेसँगै नेपाली कांग्रेसले २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजय भोग्न बाध्य भयो भने यसको फाइदा एमालेले लियो ।
२०७४ मा कांग्रेस छोडेर एमालेमा प्रवेश गरेका प्रेमप्रसाद तुलाचनलाई २०७४ को प्रतिनिधिसभा निर्वाचनमा टिकट दिएको थियो । प्रदेशतर्फ ईन्द्रधारा बिष्ट र महेन्द्रबहादुर थकाली दुबैले टिकट पाएका थिए । टिकट पाएका सबैले त्यस बेला जिते पनि । यस पटक एमालले पूर्व प्रदेश सदस्य महेन्द्रबहादुर थकालीलाई प्रतिनिधि सभाको समानुपातिक सूचीमा राखेर पुराना २ अनुहारलाई प्रतिनिधि र प्रदेशमा दोहोर्यायो । पार्टी जिल्ला इन्चार्ज चन्द्रमोहन गौचन प्रदेश २ मा उम्मेदवार बनेका छन् ।
कांग्रेसबाट २०७० सालमा प्रतिनिधि सभा निर्वाचन जितेर मन्त्री बनेका रोमी गौचन थकाली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार तुलाचनसँग ४ सय ८५ मतले पराजित भएका थिए । यसपटक भने कांग्रेसबाट रोमीका छोरा उम्मेदवार छन् । एमालेबाट उम्मेदवार बनेका तुलाचन र सत्ता गठबन्धनबाट उम्मेदवार बनेका योगेश गौचन नाताले साला भेना हुन् ।
दुबै उम्मेदवारको घर मुस्ताङको थासाङ गाउँपालिका ३ लेतेमा पर्छ । यो चुनावमा मुस्ताङमा ४ राजनीतिक पार्टीका ९ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । राप्रपा नेपाल र रास्वपाले पनि चुनावी मैदानमा भाग लिएका छन् ।
प्रदेश १ तर्फ एमालेका ईन्द्रधारा बिष्ट, सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका नम्डु गुरुङबीच प्रतिस्पर्धा हुनेछ । प्रदेश २ मा एमालेका चन्द्रमोहन गौचन, सत्ता गठबन्धन कांग्रेसबाट विकल शेरचन र राप्रपा नेपालबाट एक्ली महिला उम्मेदवार कर्मा डोल्कर गुरुङबीच त्रिकोणात्मक प्रतिस्पर्धा हुनेछ ।
मुस्ताङ जिल्ला प्रदेश १ निर्वाचनमा कांग्रेसका मिक्युर गुरुङले ६ सय ५७ मत पाउँदा एमालेका ईन्द्रधारा बिष्टले १ हजार १ सय ६७ मत प्राप्त गरी विजयी भएका थिए । प्रदेश २ तर्फ कांग्रेसका छिरिङधावा गुरुङले २ हजार २ सय ५९ मत पाउँदा एमालेका महेन्द्रबहादुर थकालीले २ हजार ५ सय ८४ मत ल्याएर विजयी भएका थिए ।
गत स्थानीय निर्वाचन अन्तर्गत मुस्ताङका ५ वटै स्थानीय तहमा १० हजार ४ सय ८५ मतदाता थिए । एमालेले ४ अध्यक्ष र ३ उपाध्यक्ष जितेको थियो । कांग्रेसले एक अध्यक्षसहित दुई उपाध्यक्ष जितेको थियो । एमालेले ५ वटै पालिकामा गरी ४ हजार १ सय २६ मत प्राप्त गरेको थियो भने सत्ता गठबन्धन कांग्रेसले ३ हजार ९१ मत पाएको थियो ।
अध्यक्षतर्फको मतभारमा एमाले कांग्रेस गठबन्धन भन्दा १ हजार ३५ मतले बढी थियो । यस्तै ५ वटै तहको उपाध्यक्ष मतभारमा पनि एमाले ४ सय ८४ मतले बढी थियो ।
प्रादेशिक मतभार अन्तर्गत उपाध्यक्षको मतभारमा कांग्रेस गठबन्धन प्रदेश २ मा एमालेभन्दा ३५ मतले अघि देखिन्छ ।
तर प्रदेश २ कै अध्यक्ष मतभारमा कांग्रेस गठबन्धनभन्दा एमालेको ३ सय ७७ मत बढी देखिन्छ । प्रदेश १ तर्फ कांग्रेस गठबन्धनभन्दा एमालेको अध्यक्ष र उपाध्यक्ष दुबै पदको मतभार बढी छ । एमाले कांग्रेसभन्दा अध्यक्षमा ६ सय ५८ मत र उपाध्यक्ष पदको मतभारमा ५ सय १९ मतले बढी छ ।
मुस्ताङको निर्वाचनमा व्यक्ति, भूगोल र समुदायको समेत बलियो प्रभाव रहने गरेको छ । मुस्ताङमा राप्रपाले एमालेलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिईसकेको छ भने २ स्वतन्त्रले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।
यस पटक जिल्लामा १० हजार ९ सय ५७ मतदाता छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया