चलचित्र ‘सम्हालिन्छ कहिले मन’काे युनिट मुस्ताङमा

समाधान संवाददाता २०७६ वैशाख २३ गते १२:३०

सुन्दरकुमार थकाली
मुस्ताङ

मुस्ताङमा एकपछि अर्को नेपाली चलचित्र छायाङ्क हुँने क्रममा चलचित्र ‘सम्हालिन्छ कहिले मन’ युनिट टोली शुक्रबार मुस्ताङ आएको छ । यहाँ यस चलचित्रको करिव १० प्रतिशत छायाङ्कन हुने चलचित्रका निर्देशक सुदर्शन सुर्दशन थापाले जानकारी दिए ।

यसअघि मुस्ताङमै छायाङ्कन भएको चलचित्र प्रेमगीतको अपार सफलतापछि चर्चामा छाएका निर्दैशक सुदर्शन थापा ‘सम्हालिन्छ कहिले मन’को जम्बो टोलीका साथ छायाङ्कन गर्न मुस्ताङ आएका हुन् । एसी ईन्टनेशलको ब्यानरमा निर्माण भईरहेको यस चलचित्रका निर्माता हुन् अमित बस्नेत । झन्डै ३ करोड रुपैया लागतमा निर्माण भईरहेको यस चलचित्रको ९० प्रतिशत छायाङ्कन फ्रान्सको लन्डन र काठमान्डौमा संम्पन्न भएको निर्माता बस्नेतले बताए ।

Advertisement

बिशुद्ध प्रेमकथामा आधारित चलचित्र ‘सम्हालिन्छ कहिले मन’को मुख्य भुमिकामा आकाश श्रेष्ठ र पुजा शर्मा छन् । चलचित्रका नायक समेत रहेका आकाश श्रेष्ठले यसअघि रामकहानी र ब्ल्याकमा अभिनय गरिसकेका छन्, भने, चलचित्रकी नायिका पुजा शर्माले प्रेमगीत, म यस्तो गीत गाउँछु र रामकहानीमा अभिनय गरिसकेकी छिन् ।

चलचित्रका अन्य कलाकारहरुमा सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल छन् । यसै चलचित्रमा पहिलो पटक डेम्भु गरेका कलाकार सोनम तोम्देन लामाको भूमिकामा देखा पर्ने भएका छन् । उनलाई मुस्ताङकै स्थानीय लामाहरुको भूमिका दिईएको छ । फुल डिजिटल सिनेमास्कोपमा निर्माधिन सम्हालिन्छ कहिले मनमा संम्वाद र गीत मात्र समावेश गरिएको छ । यसमा द्धन्दका दृष्य देख्न पाईने छैन ।

Advertisement

कुल ५ वटा गीत रहेको यस चलचित्रमा संगित अर्जुन पोख्रेल, ताराप्रकाश लिम्ब सुगम पोख्रेलको छ, भने पाश्र्वस्वर सुगम पोख्रेल, ताराप्रकाश लिम्बु, सुरेश लामा र अन्जु पन्तको छ ।

चलचित्रको लेखनमा महेश दवाडीले गरेका छन् भने छायाङ्कन सौरभ लामाले गरेका छन् । मुस्ताङको जोमसोम क्षेत्र र उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा थप छायाङ्कन गर्ने योजना रहेको चलचित्र युनिटले जनाएको छ । मुस्ताङमा एकपछि अर्को चलचित्र छायाङ्कनले यहाँका पर्यटन प्रर्वद्धनमा सघाउ पूर्‍याउने स्थानीयको अपेक्षा छ ।

केही वर्षअघि छायाङ्कन भएको चलचित्र कबड्डी कबड्डीले थासाङको नाउरिकोटलाई पर्यटकीय गन्तव्यका रुपमा चर्चामा ल्याएको थियो । यस्तै मार्फा, टुकुचे र ढुम्बाताल जस्ता गन्तव्यलाई समेत यहाँ छायाङ्कन गरेका चलचित्रले चर्चामा ल्याएको हो । मुस्ताङमा वर्षेनी आधादर्जन चलचित्रको छायाङ्कन हुँने गरेको पाईएको छ ।

मुस्ताङका ५ वटै स्थानीय तहले यहाँ छायाङ्कन गरिने चलचित्रको राजश्व शुल्क लिने गरेको छ । गण्डकी प्रदेश सरकारले मनाङ र मुस्ताङलाई चलचित्र हबको रुपमा बिकास गर्ने लक्ष्य लिएकाले यस्ता चलचित्र छायाङ्कन हुनु स्वागतयोग्य भएको प्रदेश सांसद ईन्द्रधारा बिष्टले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया