पेस्तोलसहित ४ युवा पक्राउ

समाधान संवाददाता २०७६ वैशाख २६ गते ११:४२
Police making an illegal automatic pistol public at Saptari District Police Office on Tuesday, April 12, 2016. Photo: Shyam Sundar Yadav

समाधान संवाददाता, दमौली

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ नर्सरीबाट पेस्तोलसहित ४ युवा बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विपिन पुन, २३ वर्षीय सन्जिव कुँवर, २६ वर्षीय केशव आचार्य र १९ वर्षीय सुशील गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कालिका मन्दिर नजिकै गाँजा सेवन गरिरहेको अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ थान कटुवा पेस्तोल र सय ग्राम गाँजा समेत बरामद गरेको जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया