शुभम पावरको आइपिओ खुला

काठमाडौं ।
शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि प्रतिकित्ता १ सयका दरले ४ लाख ८१ हजार ८ सय ८२ कित्ता सेयर (आइपीओ) बिक्री खुला गरेको हो ।
आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री नभएका १ लाख ८० हजार ५सय ८० कित्तासहित ५ लाख ८० हजार ५ सय ८० कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्न छुट्याएको थियो ।
जसमध्ये ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र २९ हजार ३० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिनुका साथै ११ हजार छ सय १० कित्ता शेयर कर्मचारीलाई छुट्याइ थियो ।
बाँकी रहेका ४ लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरिएकोे सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । सर्वसाधारणले यही माघ २२ सम्म १० कित्तादेखि ५ हजार कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ भने केयर रेटिंगस नेपालले ‘केयरएन्पी बीबी प्लस आइएस्’ प्रमाणपत्र प्रदान गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा मेरो सेयर प्रयोग गरेर सेयर खदिरको आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका ९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’बाट २०६८ साउन १ देखि ९ सय ९० किलोवाट क्षमताको जलविद्युत् उत्पादन गरिरहेको छ ।









कुर्सी छोडेर ‘काउन्टर’ मा : जब वडाध्यक्ष आफैं रसिद काट्न तम्सिए…
तनहुँमा खाद्य नमूना संकलन गरिँदै
जमे खोला, धारा; कठिन दिनचर्या
‘डिजिटल साक्षरता, अनुसन्धानात्मक पत्रकारिता र नैतिक रिपोर्टिङ’ तालिम : उपलब्धिमूलक
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया