बिटी कप आजदेखि

पोखरा ।
बुद्धटोल युवा क्लबले आयोजना गर्ने १६ औं बिटी कप छैटौं वीरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
पोखरा महानगरपालिका १ पुरानो टुडिँखेल मैदानमा आइतबारदेखि फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोताको सम्पूर्ण तयारी पूरा भएको क्लबका अध्यक्ष असिम थापाले जानकारी दिए । ‘हाम्रो प्रतियोगिताको तयारी लगभग सकिएको छ ।
दिउँसो १ बजे उद्घाटन गर्न तयारीमा छौं,’ उनले भने, ‘हालसम्म ४६ टिम दर्ता भइसकेका छन् ।’
फुटबलको विकास गर्ने उद्देश्यसहित लिामो समयदेखि सञ्चालन गर्दै आएको प्रतियोगिता क्लबका सल्लाहकार स्वर्गीय वीरेन गुरुङको स्मृतिमा विगतमा चैतमा हुँदै आएको थियो ।
तर मौसमका कारण यस वर्षदेखि गुरुङको जन्मदिनको अवसरमा सञ्चालन गर्न लागिएको हो । अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताको विजेतालाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख ६१ हजार १ सय ५१ रुपैयाँप्रदान गरिने जानकारी दिए ।
उपविजेताले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई ट्रफीसहित ८ हजारद्वारा पुरस्कृत गरिनेछ ।
उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ६ हजार रुपैयाँ र ट्रफी प्रदान गरिनेछ । अनुशासित टिमलाई ९ हजार र ट्रफी प्रदान गरिनेछ । खेल उद्घाटन गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले गर्ने तय छ ।









प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया