चिनियाँ उच्च अधिकारी कोरलामा

समाधान संवाददाता २०७९ चैत ५ गते १०:१३

जोमसोम ।
चिनियाँ दूतावासको उच्च तहका ३ सुरक्षा अधिकारी सम्मिलित टोली शुक्रबार म्याग्दी हुँदै मुस्ताङ आइपुगेको छ । टोलीले शनिबार जोमसोमबाट कोरलानाका स्थित बोर्डर अनुगमन तथा निरीक्षण गरी जोमसोम फर्किएको छ ।

टोली ११ सिडी ७ नम्बरको गाडीमा कोरला नाका पुगेको हो । कोरला नाका अवलोकन गर्न आएको चिनियाँ दुतावासको सुरक्षा टोलीमा सिनियर कर्नेल ल्यु गोझेङ, लेफ्टिनेन्ट कर्नेल रोही र थर्ड सेक्रेटरी झाओ याङप्याङ सहभागी छन् ।

कोरला हेर्न ३ सदस्यीय चिनियाँ सुरक्षा अधिकारीको टोली मुस्ताङ आएको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । टोलीलाई मुस्ताङको घाँसाबाट कोरला नाकासम्म सम्बन्धित स्थानका प्रहरी चौकीलेसुरक्षा प्रदान गरेका थिए ।

Advertisement

चिनियाँ दूतावासकै पहलमा यस प्रकारको उच्च तहका सुरक्षा अधिकारी मुस्ताङ आएर बोर्डर अनुगमन गरेको यो पहिलो भएको बताइन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया