थासाङमा प्रजनन् स्वास्थ्य शिविर, १२४ जना महिला लाभान्वित

जोमसोम—मुस्ताङको थासाङमा एकदिने प्रजनन् स्वास्थ्य शिविर संम्पन्न भएको छ । जोमसोम अस्पताल व्यवस्थापन समितिकी सदस्य सुकुन रसाईलीको पहलमा थासाङको लेते प्राथमिक स्वास्थ्य केन्द्र लेतेमा प्रजनन स्वास्थ्य शिविर संञ्चालन गरिएको हो ।
थासाङ गाउँपालिकाको आयोजना तथा लेते प्राथमिक स्वास्थ्य केन्द्रको समन्वयमा आईतबार एक दिने प्रजनन् स्वास्थ्य शिविर संञ्चालन गरिएको हो । शिविरमा प्रजनन् सम्वन्धि समस्या भएका १२४ जना महिलाले स्वास्थ्य लाभान्वित भएका छन् ।लेते प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार एक दिने प्रजनन् स्वास्थ्य शिविरमा १२१ जना महिलाको एसेटिक एसिडको भिजुअल परीक्षण गरिएको छ ।उनीहरुको सेतो पानी बग्ने, पाठेघरको मुखमा घाउ हुने,ब्याक्टेरियल भजाईनोसिस ,भल्भोभजाईनल क्यान्डीडियासिस र पेल्बिक ईन्फ्लेमेटरी रोगहरुको परीक्षण गरिएको लेते प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. प्रियंका यादवले जानकारी दिईन् ।
यसैगरी शिविरमा एक जना महिलाको आङ खस्ने समस्या देखिएको छ भने दुई जना महिलाको युरेनेरी ईन्कन्टिमेन्सको समस्या देखिएको केन्द्र प्रमुख यादवले उल्लेख गरिन् ।
महिलाको प्रजनन् स्वास्थ्य सम्वन्धि समस्या भएका ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाको स्वास्थ्य परीक्षण भएको जोमसोम अस्पताल व्यवस्थापन समितिकी सदस्य सुकुन रसाईलीले जानकारी दिईन् ।





सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया