झन्डै २ अर्ब घट्यो पोखरा महानगरको बजेट

समाधान संवाददाता २०८० असार ११ गते १०:४१

पोखरा ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्व १५ करोडको बजेट ल्याएको छ । १३ औं नगर सभामा उपमेयर मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको बजेट प्रस्तुत गरेकी हुन् । महानगरले चालु आर्थिक वर्षभन्दा झन्डै २ अर्ब घटाएर बजेट ल्याएको हो । चालु आवमा महानगरले ९ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

Advertisement


महानगरले पर्यटकीय पूर्वाधारको विकास, उत्पादनशील र व्यावसायिक कृषि प्रणालीको विकास, समतामूलक र सन्तुलित पूर्वाधार निर्माण गर्ने र फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन र प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।


सामुदायिक विद्यालयका प्राध्यानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन र विद्यार्थीको दिवा खाजाका लागि नेपाल सरकारले प्रदान गरेको प्रतिविद्यार्थी प्रतिदिन १५ मा महानगरबाट १० थप गरी प्रतिदिन २५ पु¥याउन ४ करोेड ६५ लाख विनियोजन गरेको छ । सामुदायिक विद्यालयहरुको समग्र व्यवस्थापनमा सुधार ल्याई शिक्षाको गुणस्तर वृद्धि गर्न बजेट विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ ।


व्यावसायिक कृषि उत्पादन कार्यक्रम अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन अभियान, मल, बिउ, बिरुवा लगायत कृषि सामग्री व्यवस्थापन, आलु उत्पादन कार्यक्रम, हिँउदे बाली अभियान, चैते धान प्राविधिक सहयोग कार्यक्रम, माछा पोखरी क्षेत्र विस्तार जस्ता कार्यक्रमको लागि १ करोड २४ लाख बजेट विनियोजन गरिएको छ ।


व्यवसाय प्रवद्र्धन अन्तर्गत व्यवसाय विकास कार्यक्रमका लागि महानगरपालिकाले २ करोड विनियोजन गरेको छ । ६८ वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई ज्येष्ठ नागरिक मासिक पोषण भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

Advertisement

महानगरपालिकाका सबै वडाहरुमा एक वडाः एक स्मार्ट शौचालय बनाउने नीति अनुसार शुद्ध पिउने पानीसहित सुविधा सम्पन्न शौचालय निर्माणका लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।


महानगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ५४ करोड ६२ लाख छुट्याएको छ । सहरका विभिन्न क्षेत्रमा अस्फाल्ट सडक निर्माणलाई तिव्रता दिन १० करोड विनियोजन गरिएको उपमेयर गुरुङले बताइन् । वडा कार्यालयबाट छनोट भई पेस भएका सडक योजनाका लागि ४९ करोड ९२ लाख प्रस्ताव र हाँडीखोला, खुइतेखोला, खहरेखोला, खुदीखोला, ठुलीमजुवा पुल, फिर्के खोला तथा सुरौदी खोला लगायत पुल र कल्भर्टहरुको लागि १६ करोड ५० लाख विनियोजन गरिएको छ ।


पोखरा बहुउद्देश्यीय भवन, नयाँ एयरपोर्टबाट लेकसाइड जोड्ने फास्ट ट्रयाक, फेवा–बेगनास कनेक्टिभिटी सडक, पोखरा बसपार्क, विन्ध्यावासिनी बसपार्क, कोमागाने पार्क, ड्यामसाइड पर्यटन पार्क, लामेआहल बसपार्क, बेगनास बराहक्षेत्र परियोजना, फेवा किनारमा फेवाबिच, रानीवनमा हर्बल ट्रेल, छतिघाट निर्माण, पञ्चासे विकास परियोजना, पोखरा गौशाला निर्माण लगायतका महानगर गौरवका आयोजनाहरुका लागि पर्याप्त बजेट विनियोजन गरिएको उपमेयर गुरुङले बताइन् ।


बजेटको खर्च व्यहोर्ने स्रोतमा संघीय सरकार अनुदानबाट २ अर्ब ७६ करोड ३२ लाख, प्रदेश सरकार अनुदानवाट १० करोड २३ लाख ६२ हजार, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख, संघीय राजस्व बाडँफाँडबाट ३६ करोड ६२ लाख रुपैयाँ छ । प्रदेश राजश्व बाँडफाड ८ करोड २५ लाख व्यहोर्ने लक्ष्य छ ।


स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार सहरी विकास आयोजना अनुदानबाट ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान गरिएको छ । यसो गर्दा ४५ करोड ६८ लाख ६५ हजार न्यून हुने बजेटमा उल्लेख गरिएको छ ।


नगर कार्यपालिकाको कार्यालयतर्फ ८१ करोड २२ लाख २६ हजार, सामाजिक विकासतर्फ ६ करोड ५० लाख, आर्थिक विकासतर्फ १० करोड, वडा कार्यालयतर्फ ७२ करोड ६० लाख र पूर्वाधारतर्फ २ अर्ब, पर्यटन सहरी विकास तथा वातावरणतर्फ ७० करोड, विभिन्न कोषहरुमा १४ करोड, संघीय ससर्त अनुदान २ अर्ब २३ करोड ६२ लाख र प्रदेश ससर्त अनुदान ८० लाख तथा सहरी विकास आयोजनामा ८ करोड ४० लाख ९१ हजार बजेट पेस गरिएको छ ।

  • प्रध्यानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यार्थीलाई थपेर दिवाखाजा
  • प्रध्यानाध्यापकलाई प्रोत्साहन भत्ता, विद्यार्थीलाई थपेर दिवाखाजाः ४ करोड ६५ लाख
  • व्यवसाय प्रवद्र्धन अन्तर्गत व्यवसाय विकास कार्यक्रमः २ करोड
  • एक वडाः एक स्मार्ट शौचालयः १ करोड ५० लाख
  • महानगरपालिकाको प्रशासकीय भवन निर्माणः ५४ करोड ६२ लाख
  • सहरका विभिन्न क्षेत्रमा आस्फाल्ट सडक निर्माणः १० करोड
  • संघीय सरकार अनुदानः २ अर्ब ७६ करोड ३२ लाख
  • प्रदेश सरकार अनुदानः १० करोड २३ लाख ६२ हजार
  • आन्तरिक आयः २ अर्ब २७ करोड ८७ लाख
  • संघीय राजस्व बाडँफाँडः ३६ करोड ६२ लाख
  • प्रदेश राजस्व बाँडफाडः ८ करोड २५ लाख

तपाईको प्रतिक्रिया