सल्लाको काठ बरामद

जोमसोम ।
मुस्ताङमा प्रहरीले अवैंध रुपमा ल्याइएको सल्लाको काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले घरपझोङ—४ जोमसोमस्थित पक्की पुल नजिकबाट सोमबार दिउँसो ९६ क्युफिट अवैध काठ बरामद गरेको हो ।
अवैध काठ लिएर कागबेनीतर्फ जाँदै गरेको बाप्र०३—०११ च ०८५५ नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा काठसहित नियन्त्रणमा लिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । बरामद गरिएको अवैध काठको मूल्य अन्दाजी ५५ हजार रहेको प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए ।
प्रहरीले अवैध काठ र जीपसहित चालक बाग्लुङ नगरपालिका वडा नम्बर ७ बस्ने ३१ वर्षीय भूमिराज विश्वकर्मालाई आवश्यक कारबाहीका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोम कार्यालयलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले उल्लेख गरे ।
एक्याप कार्यालय प्रमुख प्रमोदराज रेग्मीले प्रहरीले बरामद गरेको अवैध काठ कार्यालयलाई प्राप्त भएको जानकारी दिए । उनले बरामद गरिएको अवैध काठ आवश्यक कारबाहीका लागि एक्यापको प्रधान कार्यालय पोखरामा पठाउने तयारी भइरहेको बताए ।
उनका अनुसार अनधिकृत तवरले वा खरिद गरी जिल्लाभित्र र बाहिर आयात निर्यात गरिने काठको सम्बन्धित निकायको छोडपुर्जी आवश्यक पर्ने उल्लेख गरे । बरामद गरिएको काठको छोडपुर्जी नभएकाले कारबाही प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख रेग्मीको भनाइ छ ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया