जेसीज मुल मर्म अनुसार चलेको छ

समाधान संवाददाता २०७८ पुष १ गते १२:११

वसन्त उदास
पूर्व अध्यक्ष, पोखरा जेसीज


नेपाल जेसीज स्वशासित, स्वयंसेवी र कानुनी रुपमा स्थापित संस्था हो ।जेसीस निश्चित विधि र प्रक्रियामा चलेको छ । सामूहिक र संस्थागत ढंगले चलेर जेसीसले गन्तव्य निर्धारण गरेको छ ।


मैलेसन् १९९१मा पोखरा जेसीसको नेतृत्व गर्दा होस् या अहिले वर्ष २०२१ तथा २०२२ किन नहोस्, जेसीजको नेतृत्वले संस्थाको विधि, मूल्य र मान्यतामा विचलित भएको छैन । यो जेसीसको सुन्दर पक्ष हो । पोखरा जेसीजको नेतृत्व गर्दाका त्यति बेला निकै रौनक थियो । २०४६ सालको जन आन्दोलनभन्दा अघिजेसीज अरु संस्थाभन्दा दरिलो र गर्विलो थियो । नेपाल भरीमा पोखरा जेसीजको नाम धेरै उच्च थियो । राजनीतिक दल प्रतिबन्ध हुँदा नेपाल जेसीज तत्कालीन राजाको संरक्षकत्वमा चल्थ्यो । तर पनि जेसीज स्वतन्त्र तथा प्रजातान्त्रिक ढंगले गतिविधि अघि बढाएर युवाको नेतृत्व र व्यक्तित्व विकासमा काम गरेको थियो । नेपाल जेसीजले २०४६ सालको जनआन्दोलन लगायत नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रयाप्त योगदान पु¥याएको छ । २०४६ सालपछि विकल शेरचनले नेतृत्व गर्दा जेसीजको गरिमा बढेको थियो ।

Advertisement


खासगरी बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिको खुला समाजका धेरै सामाजिक संघ, संस्था खुलेका छन् । सामाजिक, शिक्षाको क्षेत्रमा धेरै क्षेत्रमा काम गरेका छन् । संघ, संस्था अहिले जेसीज अलिकति छाँयामा परेको जस्तो देखिन्छ । तरपनि सबैको निम्ति अनुकरणीय, सक्षम र नेतृत्वदायी संस्था जेसीसनै हो । हाम्रो कार्यकालमा देश भरीमा ४५÷४६ जेसीजका शाखा थिए । अहिले १सय६५ भन्दा बढी जेसीजका शाखा छन् । समग्रमा जेसीजको कार्यक्षेत्र विस्तार हँुदा धेरै भन्दा धेरै युवामा कार्यक्रम पुगेको छ ।

जेसीज झन् भन्दा झन व्यापक भएको छ । भने समाजमा प्रभुत्व जमाउन सफल भएको छ । जेसीजका पदाधिकारीले आफू पहिला दक्ष र सक्षम नागरिक बनेर सामाजिक उत्तरदायित्व बहन गर्ने हो । व्यक्तित्व र नेतृत्वको विकास भएर सेवा प्रदान गर्ने हो । जेसीजको नेतृत्वमा रहनेले अग्रजको सम्मान गर्नुपर्छ ।

Advertisement


पाका पुरानाको अनुभव र युवाको जोस र जाँगरलाई समेटेर काम गर्नु पर्छ । पछिल्लो अवस्थामा सामाजिक संघ, संस्था तथा राजनीतिक क्षेत्रका विकृति र विसंगतिले जेसीजलाई छुनु हँुदैन । जेसीजमा काम गर्ने सबै स्वतन्त्र छौं । तरपनि स्वच्छन्द बन्न हुँदैन ।नेपाल जेसीजको विधान अनुसार चल्नु पर्छ । जेसीजको विगतको विरासतलाई जोगाउँदै अहिलेको समय सन्दर्भमा सबभन्दा अब्बल भएर समाजमा उदाहरणीयकाम गर्नु पर्छ । नेपाल जेसीजले पोखरामा गर्न लागेको४८ औं राष्ट्रिय महाधिवेशनले संस्थाका मुल मर्म अनुसार नेतृत्व चयनदेखि युवाको व्यक्तित्व र नेतृत्व विकासमा उल्लेखनीय काम गर्न सक्नेछ । पोखराको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धनको क्षेत्रमा सहयोगसमेत पुग्नेछ ।

तपाईको प्रतिक्रिया