गण्डकी प्रदेश प्रहरी प्रमुखमा डीआईजी दुर्गा सिंह नियुक्त

समाधान संवाददाता २०८१ वैशाख १४ गते १५:४३

पाेखरा ।

गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंह नियुक्त भएकी छिन् । गृहमन्त्रालयको बिहीबार बसेको बैठकले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत डीआईजी सिंहलाई गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा गरिएको हो ।

उमेरहदका कारण गण्डकी प्रहरी प्रमुख डीआईजी विकासराज खनालले वैशाख ७ गते अवकाश पाएसँगै उनको ठाउँमा डीआईजी सिंहलाई पठाइएको हो।

Advertisement

तपाईको प्रतिक्रिया