परराष्ट्रमन्त्री ज्ञवाली र भारतकी विदेशमन्त्री स्वराजबीच भेटवार्ता

समाधान संवाददाता २०७५ पुष २६ गते १६:३६

नयाँ दिल्ली-एजेन्सी

परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र भारतकी विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ ।

भारतको नयाँदिल्लीमा भएको भेटमा नेपाल भारतसम्बन्धका विविध पक्षका साथै भारतको सहयोगमा नेपालमा संचालित परियोजनाहरूको प्रगतिका बारेमा छलफल भएको दिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।

Advertisement

दूताबासका अनुसार भेटमा नेपाल भारत संयुक्त आयोगको पाँचौं बैठक उपयुक्त समयमा गरिने सहमति पनि भएको छ ।

मन्त्री ज्ञवाली भारतीय विदेश मन्त्रालय र अब्जर्भर रिसर्च फाउन्डेसनले संयुक्त रूपमा आयोजना गरेको राइसिना डायलगमा सहभागी हुन नयाँदिल्ली आजै पुगेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया