जिल्ला ह्यान्डबल संघ पर्वतमा राजेन्द्र

समाधान संवाददाता २०७५ माघ ५ गते १६:४७


समाधान संवाददाता

जिल्ला ह्यान्डबल संघ पर्वतको प्रथम साधारणसभाले राजेन्द्र पहाडीको अध्यक्षतामा नयाँ जिल्लासमिति निर्वाचित गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वत प्रमुृख मनोहर विश्वकर्मा पौडेलले खेलले व्यक्तिलाई अनुशासित, गतिशील र सिर्जनशील बन्न उत्प्रेरित गर्ने बताए । उनले संघलाई जुझारु र सक्षम नेतृत्व आवश्यक भएको उल्लेख गरे ।

संघमा ज्ञानेन्द्रकुमार जोशी उपाध्यक्ष, रमेश श्रेष्ठ सचिव, केदारकुमार कर्माचार्य कोषाध्यक्ष र राजेश कुमाल सहसचिव निर्वाचित भएका छन् । संघका सदस्यमा नीलराज पुरी, दिनेश श्रेष्ठ, डम्बर गिरी, टंकलाल भुषाल, गोविन्दप्रसाद श्रेष्ठ, उत्तमकुमार कर्माचार्य, प्रकाश कर्माचार्य र नारायण कुमाल निर्वाचित भएका छन् ।

Advertisement

सल्लाहकारमा विष्णुप्रसाद नेवार, जगदीश कुँवर, हिमबहादुर पौडेल क्षेत्री, प्रेम गुरुङ, लेखनाथ उपाध्याय, मनोहर बि पौडेल, गणेश गिरी, युवराज जोशी र इन्द्रमान खत्री छन् ।

साधारणसभाको बन्दसत्रले जिल्ला ह्यान्डबल संघका सचिव नीलराज पुरीले प्रस्तुत गरेको सांगठनिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन तथा अध्यक्ष राजेन्द्र पहाडीले प्रस्तुत गरेको प्रस्तावित आगामी कार्ययोजनालाई सुझावसहित पारित गरेको छ ।

Advertisement

२०७२ सालमा पर्वतमा जिल्ला ह्यान्डबल संघको तदर्थ समिति गठन भएको थियो । नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहाडीले समितिले जिल्लाको ह्यान्डबल खेललाई नयाँ उचाइमा पु¥याउने गरी आफ्ना गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता गरे ।

तपाईको प्रतिक्रिया