सहकारीमा छलाङः पोखरा रोयलको एटिएम सुरु

समाधान सम्वाददाता
पोखरा रोयल सहकारी संस्थाले एटिएम सेवा सुरु गरेको छ । सहकारीको कार्यालय बुद्धचोक पोखरासँगै सञ्चालनमा आएको एटिएम सोमबार गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरे ।
थापाले सहकारीहरु पछिल्लो समय आधुनिक बन्ने क्रम बढेको बताए । ‘सहकारी समयसापेक्ष परिवर्तन हुँदै अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘वित्तीय कारोबार गर्ने संस्थाका लागि एटिएम अपरिहार्य भएको छ ।’
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले एटिएम सेवा सञ्चालन गर्नु सहकारी क्षेत्रका लागि गौरवको विषय भएको बताए । सेयर सदस्यको हितलाई ख्याल गर्दै र सहकारीलाई आधुनिक तथा प्रविधिमैत्री बनाउन एटिएम सेवा सञ्चालनमा ल्याइएको सहकारीका सचिव भीम गुरुङले बताए । एटिएम सेवा सञ्चालन गर्ने कास्कीको पहिलो सहकारीसमेत पोखरा रोयल बनेको छ ।
एटिएमको स्थापनासँगै सहकारीले सेयर सदस्यहरुलाई एटिएम कार्ड वितरण सुरु गरेको मुख्य प्रवन्धक मीलन ढकालले जानकारी दिए । पोखरा रोयलले वितरण गर्ने एससिटी कार्ड नेपालभरका एटिएम मेसिनमा प्रयोग गरेर पैसा निकाल्न सकिने एससिटीका प्रवन्धक दीपक मास्केले बताए । सहकारीमा अहिले ५ हजार जना सेयर सदस्य छन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया