विन्ध्यवासिनी मन्दिरमा ज्येष्ठ नागरिक र अशक्तलाई लिफ्टकाे व्यवस्था

समाधान संवाददाता २०७५ माघ १७ गते १५:०७
ljB'tLo e¥ofª Kff]v/fsf] k|l;4 ljGWojfl;gL dlGb/ bz{gdf ;xhtfsf nflu Ho]i7 gful/s tyf czQmnfO{ nlIft u/]/ lgdf{0f ul/Psf] -lnˆ6_ ljB'tLo e¥ofª . t:jL/ M s[[[i0f bjf8L, sf:sL, /f;;

कास्की, (रासस)

पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा दर्शनको लागि वृद्धवृद्धा र अशक्तको लागि लिफ्ट (विद्युतीय भर्‍याङ) को व्यवस्था गरिएको छ । 

हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्रको रुपमा रहेको विन्ध्यवासिनीमा दर्शन र पूजाआजामा ज्येष्ठ नागरिक तथा शारीरिक रुपमा अशक्तको सहज पहुँच पुर्‍याउने उद्देश्यले विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले निःशुल्क रुपमा लिफ्टको व्यवस्था गरेको हो । 

Advertisement

गएको वर्षबाट शुरु गरिएको निर्माणको काम सम्पन्न भएको र फागुन महीनाभित्रमा औपचारिक रुपमा सञ्चालनमा ल्याइने समितिका सचिव तीर्थ श्रेष्ठले बताउनुभयो । “अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गले पनि मन्दिरमा सहज रुपमा दर्शन गर्न सकून् भनेर लिफ्ट निर्माण गरेका हौँ ।” श्रेष्ठले भन्नुभयो । 

अशक्तले अर्काको सहारामा मात्र मन्दिरमा दर्शनको लागि जानुपर्ने बाध्यता लिफ्ट निर्माणबाट हट्ने बताइन्छ । 

Advertisement

पोखराको प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी हाउस र हुण्डाई मोटर्स दक्षिण कोरियाको करीब रु एक करोड लागतमा लिफ्ट निर्माण गरिएको हो । लिफ्टमा एकपटकमा ह्विलचियरसहित चार जना र मानिसमात्र आठ जना अट्न सक्ने क्षमता छ । 

लिफ्ट ७०० किलो भार क्षमताको रहेको र उचाइ ६० फिट छ । लिफ्टको तलमाथि दुवैतर्फ २०÷२० जना बस्न मिल्ने प्रतीक्षालय पनि निर्माण गरिएको छ । 
मन्दिरमा दैनिक करीब तीन हजारले दर्शन गर्ने गरेको र पछिल्लो समय भारतीय दर्शनार्थीको सङ्ख्या वृद्धि भएको बताइन्छ ।

तपाईको प्रतिक्रिया