‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत मुख्यमन्त्रीद्वारा साइकल वितरण

रासस, सप्तरी
प्रदेश नं २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत बिहीबार सप्तरीको बलानबिहुल गाउँपालिकामा साइकल वितरण गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित समारोहमा मुख्यमन्त्री लालबाबु राउतले त्यस क्षेत्रका सामुदायिक विद्यालयमा नियमित पढन जाने कक्षा ९ मा अध्ययनरत ७० छात्रालाई साइकल वितरण गर्नुभयो । सो अवसरमा उहाँले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेकाले सामाजिक रुपान्तरणका लागि ‘बेटी पढाउ बेटी बचाउ’ अभियान आवश्यक रहेको बताउनुभयो ।
छोरी जन्मिनेबित्तिकै अब लाखपति भएर जन्मिने बताउँदै मुख्यमन्त्री राउतले महिला सशक्तीकरणका लागि प्रदेशमा माघदेखि जन्मिने छोरीका लागि रु एक लाखको शिक्षा बीमाको नीति शुरु गरिएको जानकारी दिनुभयो । अभियानमा मुख्यमन्त्रीको नाम जोडिए पनि कार्यक्रममा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री राउतले भन्नुभयो, “महिला हिंसा, दाइजो उन्मूलन, बालविवाह, बोक्सी प्रथा, छुवाछुत निर्मूल गर्न ल्याइने कानूनमा कडा प्रावधान राखिने छ ।” प्रदेश नं २ मा महिला शिक्षाको स्तर सबैभन्दा कमजोर रहेकाले स्तर उकास्नका लागि छोरीले पढ्ने वातावरण राम्रो बनाउन उनीहरूलाई साइकल वितरणलगायत विभिन्न कार्यक्रम शुरु गरिएको अभियानकी प्रमुख प्रियंका यादवले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।









फागुन २१ को चुनाव सर्दैन, सफल पार्ने उपाय खोजौँ : प्रधानमन्त्री कार्की
दलहरूलाई आयोगको २० बुँदे निर्देशन : प्रत्यक्षतर्फ एकतिहाइ महिला उम्मेदवार अनिवार्य
नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम
चर्को आवाज निकाल्ने बाइक चालक पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया