संघीय सरकारले ल्याउन लागेको प्रहरी ऐन खारेज गर्नुपर्छ

हरिबहादुर चुमान
प्रदेश सरकारले काम–कारवाहीलाई कसरी अगाडि बढाएको छ ?
संघीयता नेपालको पहिलो अभ्यास हो । प्रदेश सरकार पनि नेपालमा पहिलो पटक गठन भएको हो । सरकारले शून्यताबाट काम सुरु गरेको छ । नयाँ प्रणाली र संरचना भएकोले प्रशासनिक तथा सांगठनिक व्यवस्थापनमा समय लाग्यो ।
कर्मचारी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा कठिनाइ भयो । प्रदेश सरकारलाई आवश्यकपर्ने नीति निर्माणमा पूरै ध्यान दिएका छौ । प्रदेश सरकारले २१ वटा कानुन निर्माण गरेको छ । प्रदेशको राजधानी तोक्ने र नामाकरणको काम टुंगिएको छ । विकास निर्माणको प्रारम्भिक निर्धारण तयार गर्दै बजेट कार्यान्वयनको प्रक्रियामा छौ ।
गण्डकी सरकार गठन भएको १ वर्ष पूरा भएको छ, उपलब्धिहरु के–के भए ?
प्रदेश सरकारले आफ्नो कामको प्राथमिकता निर्धारण गरेको छ । पर्यटन, ऊर्जा, कृषि उद्योग र पूर्वाधारका अलवा मानव संशाधन र सुशासनलाई समेत प्राथमिकतामा राखेका छौ । बजेटिङ गर्दा दूरदर्शिता र दीर्घकालीन महत्वका योजनालाई विशेष ध्यान दिएका छौ । उत्तर–दक्षिण सडक सञ्जाल अन्तर्गत कोराला–पोखरा, दुम्कीबास–त्रिवेणी सडक निर्माण हाम्रो प्राथमिकतामा परेको छ । मुगलिङ–पोखरा र पोखरा–पाल्पा सुनौली सडकको स्तरोन्नतीमा प्रदेश सरकारले ध्यान दिएको छ । पर्यटनको प्रवद्र्धन र विकास, ऊर्जामा लगानी गर्ने योजना छ ।
संविधानले प्रदेशलाई प्रहरी ऐन बनाउने व्यवस्था गरेको छ । संघले मापदण्ड तोके पनि हामीले कानुन बनाउन पाउनुपर्छ । त्यो ऐन संविधान विपरित छ ।
प्रदेशले २ सय ५० मेघावाटसम्मको विद्युत आयोजना पाउनु पर्छ । प्रादेशिक प्राविधिक विश्व विद्यालय विशिष्टिकृत अस्पताल निर्माणको लागि सम्भाव्यता अध्ययन भइरहेको छ । ती संरचनका लागि कानुनी आधार तयार गर्दै लगानी जुटाउने प्रक्रियामा अगाडि बढेका छौं ।
प्रदेश सरकार गठन भएपछि काम–कारवाही अगाडि बढाउँदा के–कस्तो चुनौतीको सामना गर्नुपर्यो ?
संघीय प्रणालीमा प्रदेश र स्थानीय सरकारलाई बलियो र अधिकार सम्पन्न बनाउन जरुरी छ । दुवै सरकार जति सक्षम र अधिकार सम्पन्न हुन्छ, त्यतिनै स्थानीय र प्रदेश सरकार सक्षम हुन्छ । संघले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन कन्जुस्याइँ गरेको छ ।
संघले नीति निर्माण, प्रदेशले कार्यान्वयन र स्थानीय सरकारले सेवा प्रवाह गर्ने हो । संघीय सरकारले ३ तहको सरकार व्यवस्थापनको लागि बाधा–व्यावधानलाई हटाउनुपर्छ । संघले ढोका खोल्नपर्ने बन्द गरेर राखेको छ । ३ नै तहको अधिकार र जिम्मेवारी बाँडफाँडमा टुंगो लगाउनुपर्छ । आगामी फागुन २१ सम्म सबै निक्र्यौल गर्नुपर्छ । प्रदेश प्रहरी ऐन, लोक सेवा ऐन र अनुसन्धान व्युरो बनाउन पाएका छैनौ । ती ऐन नहुँदा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका जिल्ला तहमा संरचना बन्न सकेका छैनन् । नेपाल प्रहरी र प्रमुख जिल्ला अधिकारी प्रदेश सरकार मातहतमा हुनैपर्छ । प्रदेश प्रहरी र प्रशासन प्रदेश सरकारतर्फ जवाफदेही बन्नैपर्छ ।
संघीय सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिपेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएपछि धेरै बाटो खुल्ला नि ?
संघीय सरकारले प्रदेश प्रहरीको लागि ऐन बनाउँदा प्रदेश सरकारसँगै प्रयाप्त छलफल गरेन । सबै प्रदेश सरकारले त्यो ऐन संशोधन मात्र होइन खारेज नै गर्नुपर्ने माग गरेका छन् ।
संविधानले प्रदेशलाई प्रहरी ऐन बनाउने व्यवस्था गरेको छ । संघले मापदण्ड तोके पनि हामीले कानुन बनाउन पाउनुपर्छ । त्यो ऐन संविधान विपरित छ । ऐन जस्ताको त्यस्तै पास भए प्रदेश सरकार आफैंले कानुन बनाउने अधिकार खोसिने छ । त्यो ऐनबारे संघीय सरकारले पुन विचार गर्नु आवश्यक छ ।
३ तहको समन्वय र कानुनका अभावले कस्तो समस्या झेल्नुपर्यो ?
पहिला संघ, त्यसपछि प्रदेश र स्थानीय तहको चुनाव गर्न पाएको भए राम्रो हुन्थ्यो । चुनावी प्रक्रिया उल्टो हुनु र हाम्रो कारणले स्थानीय सरकारलाई समस्या पर्यो ।
१ वर्ष ढिला भए पनि गाँठो फुकाउने काम गर्यौं । कानुन निर्माण तथा योजना तर्जुमा गर्दाका जटिलतालाई अहिले समन्वयमा ध्यान दिएका छौ । प्रदेश समन्वय परिषद्को बैठक ३ पटक बसेको छ ।
संघीयता समन्वय र सहकार्यमा आधारित छ । ३ तहबीच समन्वय बढाउनपर्नेमा काफी भएको छैन । अहिले आएर आवश्यकता राम्रोसँग बोध भएको छ । प्रदेश सरकार स्थानीय सरकारको अभिभावक भए जस्तै संघीय सरकार पनि अभिभावक बन्नुपर्छ । प्रदेश र स्थानीय सरकारलाई कार्य सम्पादन गर्ने बाटो खुल्ला गर्नु जरुरी छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका काम कसरी सम्पादन भएका छन् ?
प्रदेश सरकार आफैं कानुन बनाएर चल्नुपर्ने भएकोले सुरुआती अवधीमा कानुन मन्त्रालय अहिले मुल मन्त्रालय बनेको छ । सम्बन्धित मन्त्रालयले मन्त्री परिषद्मा मुलसार पेस गरी सैद्धान्तिक सहमति लिन्छन् । त्यसपछि ड्राफ्ट तयार गरी राय मागे बमोजिम कानुन नबाझिने गरी सहमति दिने काम गर्छन् । सबै कानुनलाई कानुन सम्मत बनाउन र एकरुपता ल्याउन प्रयाप्त ध्यान दिएका छौ ।
प्रदेश सरकारप्रति सबैको चासो र जिज्ञासा हुनु स्वभाविक हो । प्रदेश सरकारको लागि पहिलो वर्ष आन्तरिक व्यवस्थापन, प्रशासनिक र सांगठनिक काममा रुमलिन पर्यो । आधारभूत तहमा शून्यताबाट काम गर्दा जनताका प्रत्यक्ष सरोकारका सवाललाई सम्बोधन गर्न सकेका छैनौ । विकास निर्माणका आधारशिला तयार भएका छन् । जग बलियो भएपछि काम गर्न सजिलो हुन्छ ।
जनतामा सरकारप्रति विश्वास र अपनत्व बढ्छ । प्रदेशको नीति तथा योजना आयोग आवधिक योजना निर्माण गरेको छ । प्रदेश सरकारको अबको बजेट आवधिक योजनाको आधारमा आउने छ । दीर्घकालीन लक्ष्य तथा सन् २०३० सम्म हासिल गर्ने दिगो विकास लक्ष्यसँग मेल खाने गरी अबका विकास निर्माणका काम व्यवस्थित हुने छन् । प्रदेश सरकारले कानुन बनाउन तथा विकास निर्माणको लागि संघ तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने छ ।
३ तहको समन्वय र कानुनका अभावले कस्तो समस्या झेल्नुपर्यो ?
पहिला संघ, त्यसपछि प्रदेश र स्थानीय तहको चुनाव गर्न पाएको भए राम्रो हुन्थ्यो । चुनावी प्रक्रिया उल्टो हुनु र हाम्रो कारणले स्थानीय सरकारलाई समस्या पर्यो । १ वर्ष ढिला भए पनि गाँठो फुकाउने काम गर्यौं ।
कानुन निर्माण तथा योजना तर्जुमा गर्दाका जटिलतालाई अहिले समन्वयमा ध्यान दिएका छौ । प्रदेश समन्वय परिषद्को बैठक ३ पटक बसेको छ ।
संघीयता समन्वय र सहकार्यमा आधारित छ । ३ तहबीच समन्वय बढाउनपर्नेमा काफी भएको छैन । अहिले आएर आवश्यकता राम्रोसँग बोध भएको छ । प्रदेश सरकार स्थानीय सरकारको अभिभावक भए जस्तै संघीय सरकार पनि अभिभावक बन्नुपर्छ । प्रदेश र स्थानीय सरकारलाई कार्य सम्पादन गर्ने बाटो खुल्ला गर्नु जरुरी छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका काम कसरी सम्पादन भएका छन् ?
प्रदेश सरकार आफैं कानुन बनाएर चल्नुपर्ने भएकोले सुरुआती अवधीमा कानुन मन्त्रालय अहिले मुल मन्त्रालय बनेको छ । सम्बन्धित मन्त्रालयले मन्त्री परिषद्मा मुलसार पेस गरी सैद्धान्तिक सहमति लिन्छन् । त्यसपछि ड्राफ्ट तयार गरी राय मागे बमोजिम कानुन नबाझिने गरी सहमति दिने काम गर्छन् । सबै कानुनलाई कानुन सम्मत बनाउन र एकरुपता ल्याउन प्रयाप्त ध्यान दिएका छौ ।
प्रदेश सरकारप्रति सबैको चासो र जिज्ञासा हुनु स्वभाविक हो । प्रदेश सरकारको लागि पहिलो वर्ष आन्तरिक व्यवस्थापन, प्रशासनिक र सांगठनिक काममा रुमलिन पर्यो । आधारभूत तहमा शून्यताबाट काम गर्दा जनताका प्रत्यक्ष सरोकारका सवाललाई सम्बोधन गर्न सकेका छैनौ । विकास निर्माणका आधारशिला तयार भएका छन् । जग बलियो भएपछि काम गर्न सजिलो हुन्छ । जनतामा सरकारप्रति विश्वास र अपनत्व बढ्छ । प्रदेशको नीति तथा योजना आयोग आवधिक योजना निर्माण गरेको छ । प्रदेश सरकारको अबको बजेट आवधिक योजनाको आधारमा आउने छ ।
दीर्घकालीन लक्ष्य तथा सन् २०३० सम्म हासिल गर्ने दिगो विकास लक्ष्यसँग मेल खाने गरी अबका विकास निर्माणका काम व्यवस्थित हुने छन् । प्रदेश सरकारले कानुन बनाउन तथा विकास निर्माणको लागि संघ तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्ने छ ।
चुमानगण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हुन ।






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया