फोटो सुट गर्दै हस्पिटालिटीका प्रतिस्पर्धी

समाधान सम्वाददाता
पोखरा,
हस्पिटालिटी नेपाल कन्टेस्टको तेस्रो सिजनका सहभागीहरु विभिन्न प्रशिक्षणमा व्यस्त छन । प्रतियोगिताको आयोजक एपी इन्टरटेनमेन्टले अन्तिम प्रतिस्पर्धाका लागि हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित विभिन्न प्राविधिक तालिमहरु दिईरहेको छ ।
बन्द प्रशिक्षणको क्रममा प्रतिस्पर्धीहरुले कुक, वेटर, वारिष्टा, वार टेन्डर, फ्रन्ट डेस्क हस्पिटालिटी जस्ता प्राविधिक र व्यवसायिक तालिमहरु लिईरहेका छन् । त्यो बाहेक उनीहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा सहयोग पुग्ने अन्य प्रशिक्षणहरुमा पनि प्रतियोगीलाई सहभागी बनाइएको एपी इन्टरटेनमेन्ट अर्जुन पाण्डेले जानकारी दिएका छन।

यसैबीच आयोजक एपी इन्टरटेनमेन्टले हस्पिटालिटी नेपाल कन्टेस्टका प्रतिस्पर्धीहरुलाई ‘थिम्याटिक फोटोसुट सँगै ‘भिडियो सुट गराएको छ । पोखराको टेम्पल ट्रि होटल, बगैँचा वेलनेस रिसोर्ट र होटल ड्यान्डिलियनमा गरिएको फोटो सुटमा प्रतिस्पर्धीहरुले हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित पहिरनहरु लगाएका थिए । किचन वेयर, फ्रन्ट अफिस, बार टेन्डर, हाउसकिपिङ, वेटर ड्रेसमा फोटो खिचाएका थिए ।
एपी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक अर्जुन पाण्डेको कन्सेप्टमा वल्र्ड टच फेशन डिजाइनिङले प्रतिस्पर्धीहरुको पहिरन तयार पारेको हो । एस टु प्रोडक्शनका सुरज श्रेष्ठले उनीहरुको फोटोसुट गरेका थिए ।
चैतको पहिलो साता ग्राण्ड फिनाले गर्ने लक्ष्य लिएको आयोजकले यो बीचमा प्रतिस्पर्धीहरुलाई ‘टुरिज्म डेस्टिनेशन’ घान्द्रुक ‘भिजिट’ गराउँदैछ । त्यसपछि प्रतिस्पर्धीहरुले ट्यालेन्ट राउण्डका लागि तयारी गर्नेछन् । आयोजक एपी इन्टरटेनमेन्टका अनुसार ग्राण्ड फिनालेमा १८ जना प्रतिस्पर्धीहरु सहभागी हुँदैछन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया