भारत–पाक तनावः इमरान खानद्वारा भारतलाई वार्ताको प्रस्ताव

बिबिसी
भारतले आफ्ना लडाकू विमान चालकलाई मुक्त गर्न पाकिस्तानसँग माग गरेको छ।
पाकिस्तानले भारतीय पाइलटलाई नियन्त्रणमा लिएको भिडिओ सार्वजनिक गरेपछि भारत आक्रोशित देखिएको छ।
उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई ‘लाजमर्दो प्रदर्शन’ भनि टिप्पणी गरेको छ।
कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निशाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण भएपछि भारतले ‘पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई हमला गरेर नस्ट गरिदिएको’ दाबी गरेको थियो।
पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतद्वारा उल्लङ्घन गरेको तर ती विमानलाई लखेटिदिएको प्रतिक्रिया सार्वजनिक गरेको थियो।
त्यसपछिको अर्को घटनामा आफूले दुईवटा भारतीय सैन्य जहाज खसालिदिएको पकिस्तानको दाबी छ।
कारबाही पाकिस्तानको बाध्यता
पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय पाइलटलाई राम्रो व्यवहार गरिएको बताएको छ
टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, ‘पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौं। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न जरूरी छ।’
उनले दुबै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा ‘कसैले पनि भूलको परिणाम थेग्न’ नसक्ने बताएका छन्।
‘यदि त्यसो हुन दियौं भने न त्यो मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ।’ उनले भने, ‘हामी बसौँ र कुरा गरौं। सम्वादबाट यो मुद्दाको हल गर्नुपर्छ।’
प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताए।
जबाफको सन्देश
उनले भने, ‘प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन। हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौं। बुधवारको जबाफ दियौं र भन्यौँ तपाईँ हाम्रो देशमा आउन सक्नुहुन्छ भने म पनि तपाईँको देशमा जान सक्छु।’
भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन्। तर उनले सुरक्षा र जासुसी संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो देशले ‘जिम्मेवार र संयम’ कदम चाल्ने बताएकी छन्।
चीन र रूसका विदेशमन्त्रीसँग चीनमा भएको वार्तास्थलबाट उनले भनिन्, ‘भारत अवस्था थप बिग्रिएको देख्न चाहँदैन।’







पोखरामा भदौ २४ को तोडफोडमा संलग्न २ जना पक्राउ
जेन्जी आन्दोलनमा गण्डकीमा ३ जनाको ज्यान गयो, ५ अर्बको क्षति
हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया