कुनै सम्झौता नगरी सकियो ट्रम्प-किम हनोई वार्ता

समाधान संवाददाता २०७५ फागुन १६ गते १४:२३

एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दोस्रो शिखर वार्ता कुनै सम्झौतामा हस्ताक्षर नगरीकनै सकिएको छ । भियतनामको राजधानी हनोईमा दुई दिनसम्म चलेको वार्तामा विभिन्न विषयमा कुराकानी भए पनि ठोस सम्झौता नभएको राष्ट्रपति ट्रम्पले जानकारी दिए ।

वार्ताका क्रममा किमले अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध हटाउन भनेका थिए भने ट्रम्पले त्यसका लागि अमेरिकाले भनेका ठाउँका आणवीक भट्टी बन्द गर्नु पर्ने बताएका थिए । दुबै पक्ष एकअर्काले राखेका सर्त मान्न तयार नभएपछि वार्तामा लिखित सम्झौता हुन सकेन । सम्झौताका लागि सम्झौता गर्नुको कुनै अर्थ नरहेको उल्लेख गर्दै आफूलाई ‘डिल मेकर’ भन्न रूचाउने ट्रम्पले कहिलेकाहीँ वार्ताबाट सम्झौता नगरी निस्कन पनि तयार हुनुपर्ने बताए ।

Advertisement

उत्तर कोरियाले केही आणविक भट्टी बन्द गर्न सहमत भए पनि अमेरिकाले भनेका ठाउँहरूका बन्द गर्न अस्वीकार गरेकाले सम्झौता नभएको हो । पत्रकार सम्मेलनमा सोधिएका प्रश्नमा राष्ट्रपति ट्रम्पले अमेरिकाले भनेका ठाउँका भट्टीहरू उत्तर कोरियाले बन्द गरे आर्थिक प्रतिबन्ध हटाउन अमेरिका तयार भएको बताए ।

सम्झौता नभए पनि किमले थप क्षेप्यास्त्र र आणवीक परीक्षण नगर्ने वचन दिएको ट्रम्पले जानकारी दिए । फेरि पनि दुई देशबीच वार्ता जारी रहने र भविष्यमा सम्झौता हुन सक्ने सम्भावना रहेको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया