पोखरा प्रदर्शनी केन्द्रमा १२ देखि ४ बजेसम्म श्रद्धाञ्जली

समाधान सम्वाददाता
पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव शुक्रबार पोखरा ल्याइँदै छ । श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पोखरा प्रदर्शनी केन्द्रमा १२ बजेदेखि ४ बजेसम्म राखिने छ । ११ बजेसम्म काठमाडौंमा श्रद्धाञ्जलीका लागि राख्ने र त्यसपछि पोखरा ल्याउने कार्यक्रम रहेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।
बिहीबार प्रदेश मन्त्रिपरिषदको आकस्मिक बैठक बसेर शोक प्रस्ताव पारित गरेको छ । श्रद्धाञ्जली प्रकट गर्न नेकपाका केन्द्रीय नेताहरु पोखरा आउँदै छन् । ४ घन्टा प्रदर्शनी केन्द्रमा राख्ने र त्यसपछि नयाँबजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटलचोक हुँदै रामघाटसम्म शवयात्रा हुने छ । रामघाटमा राजकीय सम्मानका साथ दाहसंस्कार गरिन प्रवक्ता बस्नेतले जानकारी दिए ।
रवीन्द्रलाई श्रद्धाञ्जली दिन र शव यात्रामा सहभागी हुन सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, भूमिसुधारमन्त्री पद्मा अर्याल लगायत नेता आउँदै छन् । मन्त्रिपरिषदको बैठकले विभिन्न पार्टीका नेता तथा कार्यकर्ता र शुभचिन्तकलाई शवयात्रामा भाग लिन आह्वान गरेको छ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया