मेला महोत्सव

हाट, मेला, महोत्सव र प्रदर्शनी हाम्रा परम्परा हुन् । समय अनुसारचाहिँ तिनको स्वरुप भने फरक भइरहेको छ । मेला र महोत्सवहरुले बजार सिर्जना गर्छन् । उत्पादनलाई मूल्य दिन्छन् । सेवालाई मूल्य दिन्छन् । कला संस्कृतिले पनि प्रवद्र्धित हुने मौका पाउँछ । सिटी रेबान पोखराको महोत्सव आज आइतबारदेखि प्रदर्शनी केन्द्र पोखरामा सुरु हुँदैछ । यो महोत्सव पनि कला संस्कृति प्रवद्र्धन र बजार विस्तारको एउटा कडी हो । मेला महोत्सवले आर्थिक गतिविधि बढाउँछन् । अर्थतन्त्र चलायमान बनाउँछन् । सिटी रेबान महोत्सवले रेस्टुरेन्टका परिकारको मात्रै बजार विस्तार गर्दैन । आखिर रेस्टुरेन्टका परिकार बन्ने भनेको किसानका उत्पादनले हो । बजार विस्तार हुँदै गर्दै गाउँको उत्पादनले ठाउँ पाउने हो । बजार पाउने हो । मूल्य पाउने हो ।
धेरै महोत्सवको तौरतरिका र प्रस्तुतिहरु एउटै एउटै र उस्तै उस्तै हुनुचाहिँ कमजोरीका रुपमा देखिन्छ । महोत्सव आयोजकहरुले सिजर्नशीलता, सांस्कृतिक प्रस्तुति र मौलिकपन खोज्नुपर्छ । त्यसमा सिटी रेबान महोत्सवका आयोजकले पनि ध्यान पु¥याउन जरुरी छ । जस्तो कि ढिडो खाने प्रतियोगिता सिटी रेबान महोत्सवको एउटा छुट्टै विशेषता छ । यसले एकातिर नेपाली खाना प्रवद्र्धन गरेको छ भने अर्काेतिर अरु महोत्सवभन्दा भिन्न पनि बनाएको छ । ‘होटेल व्यवसाय र पर्यटन प्रबद्र्धन’ विषयक छलफल सान्दर्भिक छ । त्यसबारे पर्यटन प्रवद्र्धनका उपाय खोजी गर्न बाटो पहिल्याउन मद्दत पुग्नेछ । यो पनि एउटा सिर्जनशीलता हो । रेस्टुरेन्ट र बारहरुको महोत्सवमा सीमित नराखी हस्तकक्षा प्रवद्र्धन गरिनु पनि यो महोत्सवको अर्काे सबल र सुन्दर पक्ष हो ।
व्यावसायिक रेस्टुरेन्टहरुले खानाको हाइजिनमा अझै स्तर उकास्दै लैजान जरुरी छ । किचनका उपकरणहरुको स्तरवृद्धि अर्काे आवश्यकता हो । दक्ष जनशक्ति जताततै हुँदा त्यसको असर रेस्टुरेन्ट र बारहरुमा झन् देखिन्छ । सिटीरेबान जस्ता संस्थाले व्यवसायीहरुको हितसँगसँगै तालिम दिएर दक्ष जनशक्ति उत्पादनमा पनि लागिपर्नु उत्तम हुन्छ । जस्तो हालैका दिनमा सिटीरेबानले भान्छा व्यवस्थापन तालिम आयोजना गर्यो । उक्त कार्य सह्रानीय रह्यो । दक्ष जनशक्ति विदेश पलायन भइहाल्ने प्रवृत्ति पनि छ । उनीहरुलाई रोक्न पारिश्रमिकको वृद्धि, स्वास्थ्य बिमा, सञ्चयकोषको व्यवस्था लगायत सुविधा हुनसक्छन् । घर परिवारसँगै बसेर सामाजिक सुरक्षासहितको जागिर पाएको युवा पैसैका लागि भनेर मरिहत्ते गरी विदेशिन्न । मेला महोत्सवको आम्दानी सामाजिक काममा लगाउनु राम्रो हुँदै हो । आफ्नै क्षेत्रको थप सुदृढीकरण र मानवसंसाधनको विकासमा लगाउँदा त्यसले झन् बेसी राम्रो हुन्छ ।





कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया