फोटो पत्रकार गण्डकीमा राम

समाधान
नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश तदर्थ समिति अध्यक्ष राम गुरुङ निर्विरोध चयन भएका छन् । पोखरामा सोमबार भएको फोटो पत्रकारको भेलाले कास्कीका राम गुरुङको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिमा उपाध्यक्ष मञ्जुल शाक्य (बागलुङ), सचिव कृष्णमणि बराल (कास्की), कोषाध्यक्ष ओम लामा (कास्की), सहसचिव मिलन दराईँ (तनहुँ) छन् । सदस्यहरु अमर बानियाँ (म्याग्दी), नवीन लामिछाने (मनाङ) चयन भए । रिक्त २ सदस्यपछि मनोनित हुनेछन् ।
भेला उद्घाटन समारोहमा नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेले बढ्दो प्रविधिका कारण व्यावसायिक फोटो पत्रकारमा चुनौती बढ्दै गएको बताए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष सागर श्रेष्ठ, महासचिव हरि रेग्मी, नेपाल फोटो पत्रकार महासंघ कास्कीका अध्यक्ष इन्द्रप्रसाद पौडेल, नेपाल प्रेस युनियका सचिव एवं महासंघ सल्लाहकार प्रदीप पौडेल, महासंघ कास्की सचिव दुर्गाप्रसाद पौडेल लगायतले बोलेका थिए । महासंघले चैत २८ देखि काठमाडौंमा ‘प्रिन्टिङ फोटोग्राफी एन्ड मिडिया टेक्नोलोजी एक्स्पो’ गर्ने भएको छ ।
३ दिनसम्म काठमाडाैं टुँडिखेलमा हुने एक्स्पोमा दर्शक रोजाइमा परेका उत्कृष्ट १० फोटोलाई नगद पुरस्कार साथै विश्वचर्चित ब्राण्डका क्यामेरा तथा उपकरणबाट सम्मानित गरिनेछ ।
फोटो प्रर्दर्शनीमा देशभरका फोटो पत्रकार र फोटो ग्राफर सहभागी हुन आयोजकले आग्रह गरेको छ । नेपालको प्राकृतिक सुन्दरता, पर्यटकीय स्थल, सांस्कृतिक पर्व, भेषभूषा र नेपालमा विभिन्न चरणमा भएको आन्दोलनका फोटामात्र प्रदर्शनीमा सहभागी गराइने नेपाल फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिए ।
प्रदर्शनीका लागि फोटाहरु फागुन ३० गतेसम्म नेपाल फोटो पत्रकार महासंघमा पठाउनुपर्नेछ भने १ शीर्षकमा ५ वटाभन्दा बढी फोटो प्रदर्शन गर्न नपाउने बताए । फोटोमा क्याप्सन अनिवार्य हुनेछ ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया