बार–बेञ्च खिचातानी

संघीयता कार्यान्वयनको चरणमा न्यायालयले निकै उदारता देखायो । तत्कालीन पुनरावेदन अदालत खारेज गर्दै ७ वटै प्रदेशमा उच्च अदालत नामकरण गरियो । त्यतिबेला लागेको थियो न्यायालयले परिवर्तनलाई स्वीकार ग¥यो । तर पहिला भएका पुनरावेदन अदालतको ठाउँमा इजलाश बनाइए पनि कार्य प्रकृतिमा कुनै परिवर्तन आएन । एक प्रकृतिबाट काम गरिरहेको संस्था वा व्यक्तिलाई आनीबानी परिवर्तन गर्न सहज हुँदैन । अदालतको हकमा पनि यो लागु भएको हुनुपर्छ । हो, लोकतान्त्रिक अभ्याससँग न्यायालयमा धेरै बदलाव आएको छ । पारदर्शिता बढेको छ । नागरिकसँग घुलमिल हुने खालका विभिन्न कार्यक्रम पनि ल्याएको छ । अझ राज्यको चौथो अंग पत्रकारिता जगतसँग पनि न्यायालय नजिकिने प्रयास गरिहेको छ । ३ वटै तहका अदालतले वर्षमा कम्तीमा २ पटक पत्रकार सम्मेलन गरेर आफ्ना गतिविधि सार्वजनिक गर्दै आएका छन् । यी परिवर्तनले मात्र न्यायालय अब पूरै सच्चियो भन्ने आभाष नागरिकले गर्न सकेका छैनन् ।
न्यायालयभित्र सानातिना आर्थिक कारोबारदेखि ठूला चलखेल हुने गरेका समाचार आइ नै रहन्छन् । सर्वोच्च अदालतको नेतृत्व तहले परिवर्तनका लागि बेलाबेलामा विभिन्न कार्यक्रम ल्याइरहन्छ । तर अदालतका फाँटहरुमा हुने ससाना लेनदेनदेखि बेञ्च सपिङलाई त्यस्ता कार्यक्रमले प्रभाव पार्न सकेका छैनन् । नराम्रा काम धेरै हुनै पर्दैन । २÷४ घटना भए पुग्छ । व्यक्तिको आचरण र स्वभावमा पनि कतिपय कुरा निर्भर रहन्छन् । तर न्यायालयभित्र कुनै व्यक्तिले गरेको गल्तीले सम्बन्धित व्यक्ति मात्र होइन पूरै संस्थालाई दोषी बनाएको हुन्छ । तसर्थ कर्मचारीले आचरण सुधार गर्नु जरुरी छ । न्यायालय केबल न्यायाधीशको भौतिक उपस्थिति मात्र होइन । न्यायाधीशलाई सफल–असफल बनाउन उनी पछाडिका कर्मचारीको समेत अहम् भूमिका रहन्छ् । यसतर्फ पनि अब न्यायपालिकाको नेतृत्वले सोच्ने बेला आएको छ ।
न्यायलयका कर्मचारीको आनीबानीमा सुधार भएन । विचौलियाको जालो चिरिएन । न्यायाधीशहरु स्वतन्त्र भएर न्याय सम्पादन गर्न सकेनन् भने कानुन व्यवसायीहरु गुनासो गरिरहेका छन् । अनि यिनै कारणले न्याय सम्पादन प्रभावित भयो भन्ने आरोप पनि उनीहरुको छ । अदालतको कार्यसम्पादन छरितो बनाउन कानुन व्यवसायीको पनि प्रमुख भूमिका रहन्छ । कालो कोटा लगाएर पक्षबाट शुल्क असुल गरेर मात्रै पनि उनीहरुको दायित्व पूरा हुँदैन । मुद्दाका पक्षलाई अनाहकमा दुख दिने । अनावश्यक रुपमा मुद्दा सारेर अदालती प्रक्रियामा अवरोध पुर्याउनुमा कानुन व्यवसायी पनि कम्ती दोषी छैनन् । एकअर्कालाई दोष लगाएर उम्किनुभन्दा बार र बेञ्च सहकार्य गर्दै प्रभावकारी न्यायसम्पादनमा लाग्नु उचित हुन्छ ।





गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
रत्नशोभा मावि व्यवस्थापन समितिमा दोहोरिए तिमिल्सेना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया